‘मेरो खेल जीवन भर्खर सुरु भएको छ’

 ओकेपाटी संवाददाता     २ श्रावण २०७५, बुधबार

विश्वकप जितेको खुशीको क्षणलाई कहिल्यै विर्षन सक्दिन। सुरुवातमा विश्वकप जितिएला जस्तो लागेको थिएन। तर, हामीले मिहिनेत गर्दै गयौं। हरेक खेलमा सुधार गर्‍यौं। अन्तिममा नसोचेको उपलब्धि हात पारेका छौं। यस उपलब्धिले हामीलाई अझै केही गर्ने हौसला थपेको छ।

विश्वकपको उपाधिसँगै युवा खेलाडीको पुरस्कार पाउँदा म अझै खुशी भएको छु। विश्वकप खेल्न पाउनु नै मेरा लागि ठूलो अवसर थियो। टोलीका लागि चार गोल गर्नु मेरो अर्को उपलब्धि भयो। मैले टोलीका लागि सकेको खेलें। हरेक खेलमा हामीले एकबद्ध भएर खेल्दा उपलब्धि हात पारेका हौं।

मेरो खेल जीवन भर्खर सुरु भएको छ। म पेरिस सेन्ट जर्मन (पिएसजी) क्लबमै रहन चाहन्छु। बाहिर आएका कुरा हल्ला हुन्। आफ्नो यात्रालाई यहिबाट अघि बढाउने सोच छ।

-केलियन एमबाप्पे, फ्रान्सका स्ट्राइकर

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट