तस्करीको नयाँ शैलीः सुनकै घडी, सुनकै चाबी !

 अनलाइनखबर पाटी     ९ श्रावण २०७५, बुधबार

साउन -९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै सुन तस्करी रोकिएको छैन

साढे ३३ केजी सुन तस्करी प्रकरणको अनुसन्धानपछि तस्करीमा नेपाली नागरिकको संलग्नता नदेखिए पनि विदेशी नागरिकले तस्करीलाई निरन्तरता दिइरहेको भेटिएको छ ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयले मंगलबार साढे ३ किलो सुनसहित दुई जना थाई नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राहदानी नम्बर एबी १३७३७९८ बाहक जुथामस जाक्पारिंकक्याकूल र राहदानी नम्बर एबी १९९९५०३ बोकेका प्रियानुम होक्छाई छन् ।

विमानस्थल प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले सुनकै घडीको कभर, माला, बेल्टको बक्कल, चाबी लगायत बनाएर तस्करी गर्न खाजेका थिए । तर, विशेष सुराकीको आधारमा उनीहरु पक्राउ परे ।

उनीहरुलाई थप कारबाहीका लागि विमानस्थलको भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार मात्रै प्रहरीले ३ किलो ३६ ग्राम सुनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको थियो । उनीहरु पनि थाई एयरबाट बैँकक हुँदै काठमाडौँ आएका थिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट