गृहमन्त्रीलाई प्रश्न सोध्न नपाउदा कांग्रेसद्वारा संसद बहिस्कार

 अनलाइनखबर पाटी     १७ श्रावण २०७५, बिहीबार

१७ साउन, काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले संसद बैठक बहिस्कार गरेको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएपछि सभामुखले प्रश्नउत्तर राखेनन् ।

सुरुमा कांग्रेस सांसदहरुले प्रश्नउत्तर माग्दा सभामुखले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेपछि भने । लगत्तै उनले संसदीय समितिहरु गठनको सूचना पढे । कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर विरोध गरेकै बेला उनले नाम पढे ।

त्यसपछि सभामुखले अर्थमन्त्री विमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए । कांग्रेस सांसदहरुले प्रश्न उत्तरको माग गरिरहे । तर, ‘सभामुखले आजका लागि समय दिन सकिनँ’ भनेपछि कांग्रेस सांसदहरु बैठकबाट बाहिरिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट