गृहमन्त्री बादलले भने–‘विप्लव’ नेतृत्व (नेकपा)का ‘प्रकाण्ड अपराधी नै हुन्’

 अनलाइनखबर पाटी     २५ श्रावण २०७५, शुक्रबार

साउन-२५,  चितवन–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व (नेकपा)का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी नै भएका दाबी गरेका छन् ।

शुक्रबार गृहजिल्ला चितवन आएका गृहमन्त्री बादलले भरतपुर विमानस्थलमा  पत्रकारहरुसँग कुरा गर्दै प्रकाण्ड अपराधी नै भएकाले पक्राउ गरेको प्रष्ट पारे ।

‘प्रकाण्ड अपराधी हुन् त्यसै पक्राउ गरिएको होइन । उनलाई चन्दा आंतक र  राज्यलाई विध्वंश गरेको अभियोगमा ‘मोष्टवान्टेड’ सूचीमा  प्रहरीले राखेका थिए । त्यसैले कसैलाई पनि अपराध गर्ने छुट छैन,’ मन्त्री थापाले भने ।

तपाईंकै निर्देशनमा पक्राउ गरिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले ‘अहिलेको गृहमन्त्री बादल हो, अपराध नियन्त्रण गरी जनतालाई सुशासन र शान्ति सुरक्षा दिने दायित्व गृहमन्त्रीको हो,’ भन्ने जवाफ दिए ।

राजनीतिक रुपमा समस्या समाधान गर्न सरकार वार्ता र संवादका लागि पनि तयार रहेको मन्त्री बादलको भनाई छ ।

भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न प्रहरी सफल भएको मन्त्री थापाले बताए । गृह मन्त्रालयमा प्राप्त प्रतिवेदनअनुसार उक्त घटना मुठभेडबाट भएको उनको भनाई थियो । “फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ,” मन्त्री थापाले भने।

साथै उनले अहिले सरकार  विकास निर्माणका कार्यमा तीव्र गतिमा लागिरहेको पनि बताए । ठेकेदारहरुलाई कारवाही नगरेको भन्ने प्रश्नमा उनले भने, ‘अहिले ठेकेदारहरुलाई ताकेता गर्दै  विकास निर्माणका काम तीव्र गतिमा अघि बढाइएको छ , काम नगर्नेहरुलाई कारबाहीको आवश्यक प्रकृया पनि चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट