पोर्न स्टार सन्नी लियोनीले बाढी पीडितलाई ५ करोड सहयोग
अनलाइनखबर पाटी ५ भाद्र २०७५, मंगलवार

बलिउड अभिनेत्री सन्नी लियोनी
बलिउड अभिनेत्री सन्नी लियोनीले सँधै सामाजिक सञ्जालमा तालीभन्दा गाली बढि खाँदै आइरहेकी छन् । किनकी उनलाई अझै पनि पूर्व पोर्न स्टारको छविले पछ्याउन छोडेको छैन ।
तर, यतिबेला भने भारतीयहरु सन्नीको खुलेर प्रशंसा गरिरहेका छन् । बाढि पीडितलाई गरेको आर्थिक सहयोगलाई लिएर उनको प्रशंसा भएको हो । भारतको केरलामा बाढीको प्रकोपबाट तीन सयभन्दा बढिको मृत्यू भएको छ भने लाखौं घरवारबिहिन बनेका छन् ।
बलिउड सेलिब्रिटीहरुबीच बाढी पीडितलाई आर्थिक सहयोग गर्ने होड चलिरहेको छ । तर, अधिकांसले कति सहयोग गरेका छन् भन्ने खुलाएका छैनन् ।
यही सिलसिलामा सन्नी लियोनीले ५ करोड राहत कोषलाई दिएको खबर सार्वजनिक भएको हो । यद्यपि, यसको पुष्टि हुन सकेको छैन । सन्नी र उनका श्रीमानले यसबारे बोल्न चाहेका छैनन् । सन्नीका म्यानेजरले भने आर्थिक सहयोग गरेको स्वीकारेका छन् । तर यो नितान्त व्यक्तिगत विषय भएकाले सहयोग रकम सार्वजनिक नगर्ने बताएका छन् ।
Leave a Reply