भारि कर बृद्धिका बिरुद्ध धर्ना सहित आन्दोलनमा उत्रिए नेपाली कांग्रेस दोलखा

 अनलाइनखबर पाटी     ६ भाद्र २०७५, बुधबार

भदौ- ६ दोलखा,। कर बृद्धि गरेको बिरोधमा हारेका उम्मेद्धार मेयर जितेका मेयर कहाँ पुगेका छन् । जथाभाबि कर असुलि तथा घरजग्गा सम्पति मुल्याङ्कनमा जनताको ढाड सेक्ने गरि कर बृद्धि गरेको बिरोधमा नेपाली कांग्रेस भिमेश्वर नगर समितिले नगरपालिकाको कार्यलय घेराउ गरेको छ ।
नेपाली कांग्रेसका नेताहरुले कालो ब्यानरमा जथाभाबि कर असुलि बन्द गर ! कृतिम घरजग्गा सम्पति मुल्याङ्कन खारेज गर ! जस्ता प्ले कार्ड सहित करमा गरिएको भारि बृद्धिका बिरुद्ध धर्ना सहित आन्दोलनमा उत्रिएका हुन् । नेपाली कांग्रेस दोलखाका नेता एबं भिमेश्वर नगरपालिकाका तत्कालिन मेयरका उम्मेद्धार ईश्वर मानन्धर ,नेपाली कांग्रेस दोलखाका पुर्ब सभापति देबिप्रसाद न्यौपाने, पार्टी सचिब सन्तोष रिमाल,भिमेश्वर नगरपालिकाका सभापति राजेश श्रेष्ठ लगायत धर्ना कार्यक्रममा सहभागि रहेका थिए । धर्ना कार्यक्रममा बोल्दै तत्कालिन मेयरका उम्मेद्धार मान्नधरले कर बृद्धि फिर्ता नलिए अझै शसक्त आन्दोलन गर्ने चेतावनि दिएका छन् । मानन्धरले जनताको मतको अपमान गर्नेलाई जनताले नै लेखेट्ने बताउँदै भोली दिउँसो कर बृद्धिको बिरोधमा ३ बजे पछि १ घण्टा चक्काजाम कार्यक्रम गर्ने पनि बताएका छन् ।

भिमेश्वर नगरपालिकाले चर्काे रकममा कर बृद्धि गरेसँगै भिमेश्वर नगरपालिका वडा नम्बर ७ का स्थानियले बिगतको बर्षमा ५ कित्ता जग्गाको करबापत एक सय ५० रुपैयाँ स्थानीय सरकारलाई बुझाएका थिए भने यो बर्ष ३८ सय ५० तिरेपछि भिमेश्वर नगरपालिकाले बढाएको करको चौतर्फि आलोचना गरिएको छ ।

कर बृद्धिको रसिद

कर बृद्धिको रसिद

पहिलो पटक मेयरका उम्मेद्धार प्रतिष्प्रधिको कार्यलयमा
जनतालाई चर्काे रकम कर बृद्धि गराएर जनतालाई असहजता गराएको भन्दै हालका मेयर भरत केसीका प्रतिष्प्रधि मेयरका उम्मेद्धार ईश्वर मान्नधर भिमेश्वर नगरपालिकामा प्रथम पटक आन्दोलनका कार्यक्रम लिएर पुगेका छन् । नगरपालिकामा नेपाली कांग्रेस भिमेश्वर नगरसमितिको आन्दोलनको नेतृत्व गरेर गएका मानन्धर दलबद सहित जाँदा प्रहरीले निकै कडा सुरक्षा ब्यवस्था गरेको थियो । नगरपालिकाको कार्यलय छिर्ने बाहिरी गेटको ढोका खुल्ला गरेपनि कार्यलय पस्न लाग्ने ढोका भने बन्द गरेर प्रहरी निरिक्षकको नेतृत्वमा अत्यन्तै सुरक्षा ब्यबस्था कडा पारिएको थियो । मान्नधरले धर्ना कार्यक्रममा सहभागि नेता तथा कार्यक्रतालाई बाहिरै बसेर सम्बोधन गरेका थिए । मेयर केसी भने भित्र छिर्ने ढोकामा ताल्चा लगाएर प्रहरीको सुरक्षा बिच आफ्नो कार्यकक्षमा बसेका थिए । मानन्धर केसी सँग झिनो मतले हारेका थिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट