छक्क पन्जा गर्न मायुर केपि ओलि अहिले चौका हन्ने दाउमा-बोलिमै सिमित ओलि
अनलाइनखबर पाटी ६ भाद्र २०७५, बुधबार
भदौ-६ , मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजनीतिबाट कुनै आर्थिक लाभ नलिने तथा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
बुधबार विहान मोरङको पथरी शनिश्चरेमा आयोजित सभामा उनले आफू मुलुक बदल्ने प्रतिज्ञा गरेर आएको भन्दै इमान्दारिपूर्वक काम भएमा मुलुक समृद्ध हुने दावी गरे ।
प्ररधानमन्त्री ओलीले तमोर नदीमा अग्लो बाँध बनाएर मोरङको चिसाङ खोलामा पानी ल्याई सिंचाईको व्यवस्था गर्ने, पूर्वपश्चिम र उत्तर दक्षिण रेलमार्ग सञ्चालन, पूर्वपश्चिम ६ लेण्डको सडक निर्माण गर्ने बताए ।
लामो समय शासकहरुको बेइमानीले नेपाल विकासमा पछि परेको भन्दै उनले अब मुलुक समृद्ध बन्ने बताए । यस क्रममा केहीले यसखाले समृद्धिको बाटोलाई गलत अर्थमा व्याख्या गर्दै डलरको बोली बोल्ने गरेको टिप्पणीसमेत प्रधानमन्त्री ओलीले गरे ।
मोरङ ३ का जनप्रतिनिधि भानुभक्त ढकाल कानूनमन्त्री बनेकोमा उनको स्वागतमा आयोजित कार्यक्रममा कानूनमन्त्री ढकालले सुकुम्वासी समस्या, नदी कटान नियन्त्रण, जातीय सांस्कृतिक संग्रहालयसहित आफूले निर्वाचनका बेला गरेका घोषणाहरु पूरा गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले पथरीशनिश्चरेसहित प्रदेश र मुलुककै समृद्धिको योजनामा आफूहरु लागेको बताए ।
पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले सुकुम्वासी तथा अव्यवस्थित बसोबास समस्या, खोलामा तटबन्ध, पथरी डाइनिया सडक निर्माण, विद्युत प्रशाखाको स्थापना लगायतको माग गरे ।
Leave a Reply