माथिल्लो तामाकोशीमा शेयर आवेदनका लागि ७ दिन म्याद थप गर्न सिफारिस – जि. स. स दोलखा

 अनलाइनखबर पाटी     १३ भाद्र २०७५, बुधबार

भदौ -१३ दोलखा। माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा शेयर आवेदनका लागि एक साताको म्याद थप गर्न सिफारिस गरिएको छ ।

जिल्ला समन्वय समितिको आग्रह बमोजिम माथिल्लो तामाकोसी आयोजनाको प्रवद्र्धक कम्पनी तामाकोशी हाईड्रो पावरले धितोपत्र बोर्डलाई एक साताको म्याद थप गर्न आग्रह गरेको हो । तामाकोशी हाईड्रोपावरले धितोपत्र बोर्डलाई एक साताको म्याद थप गर्न पत्राचार गर्ने निर्णय गरेको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाका प्रबक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार शेयर आवेदन दिन दोलखावासीका लागि भदौ १४ गते सम्मको समय तोकिएकोमा समय सकिन दुई दिनमात्र बाँकी रहँदा बैँकमा ठुलो भीड देखिएपछि म्याद थपका लागि सिफारिस गरिएको हो । दोलखामा १ लाख ५६ हजार आवेदन परेकोमा २ अर्ब ६४ करोड बराबरको शेयर संकलन भएको आयोजनाले जनाएको छ ।

धितोपत्र बोर्डको बैठकपछि तामाकोशीको शेयर आवेदनका लागि म्याद थप्ने/नथप्ने विषयमा निर्णय हुनेछ । दोलखावासीका लागि यही साउन १६ देखि शेयर आवेदन खुल्ला गरेको तामाकोशी हाईड्रोपावरले १ अर्व ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निश्कासन गरेको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट