के अरुको यौन जीवन तपाईको भन्दा राम्रो छ ?

 अनलाइनखबर पाटी     १३ भाद्र २०७५, बुधबार

हामी अरुको विषयमा अड्कलबाजी गर्छौं । अनुमान गर्छौं । यौनको विषयमा पनि । हामीलाई लाग्छ, युवावयकाले बढी यौन सम्पर्क गर्छन् । तर, हाम्रो यो सोच वास्तविकताभन्दा धेरै फरक छ । त्यस्तै महिलाहरुको यौन-जीवन बारे पनि पुरुषहरुको सोंच मिल्दैन ।

फ्रेन्च ग्लोबल मार्केटिङ रिसर्च कम्पनी इप्सो धेरै लामो समयदेखि यस्तै गलत बुझाईमा केन्दि्रत भएर अध्ययन गरिरहेको छ । यस अध्ययनको नतिजा छिट्टै नै एक पुस्तकको रुपमा अगाडि आउँदै छ । पुस्तकको नाम हो ‘द पेरिस अफ परसेप्सन’ ।

युवाहरु कतिपटक यौन सम्बन्ध राख्छन् होला ?

अध्ययनको क्रममा बेलायत र अमेरिकाका मानिसहरुलाई एक प्रश्न गरियो । प्रश्न थियो, ‘तपाईंहरुको देशमा १८-२९ वर्षको उमेरमा मानिसले पछिल्लो चार सातामा कतिपटक सेक्स गरेका होलान् ?

उनीहरुले अनुमान गरे, ‘त्यस उमेर समुहका युवायुवतीले एक महिनामा कम्तीमा १४ पटक यौन सम्पर्क गरे होलान् ।’

दुबै देशका नागरिकले गरेका अनुमान सही होला ?

अध्ययनले नतिजा फरक देखायो । बेलायतमा १८ देखि २९ वर्षका युवाहरुले एक महिनामा केवल पाँचपटक र अमेरिकी युवाहरुले एक महिनामा चारपटक मात्रै यौन सम्पर्क गरेका थिए । यो तथ्य यौन व्यवहारमा गरिएको एक व्यापक सर्वेक्षणबाट आएको हो ।

बेलायत र अमेरिकाका मानिसहरुको अनुमानको अर्थ उनीहरुको देशका युवाहरु एक दिन बिराएर यौनसम्बन्ध राखिरहेका छन् भन्ने हुन्छ । अर्थात उनीहरु वर्षमा करीब १८० पटक यौन सम्पर्क गरिरहेका थिए, तर खासमा बेलायत र अमेरिकाको युवाहरुले वर्षमा औसत ५० पटक मात्रै यौन सम्पर्क गर्छन् ।

युवतीको यौनजीवन बारे अझ भ्रम

जे कुरामा पनि अनुमान लगाउने हाम्रो नराम्रो बानी छ । तर, हामी जे कुरा पनि अनुमान गरेर त्यसैलाई सत्य मानेर भ्रमित भइरहेका हुन्छौं ।

बेलायत र अमेरिकी पुरुषहरुले आफ्नो देशका युवतीहरुको यौनजीवनलाई लिएर अरु पनि थुप्रै भ्रमहरु पालेका छन् ।

बेलायतका पुरुषहरु उनीहरुको देशका युवतीहरुले महिनामा औसतमा २३ पटक यौन सम्पर्क गर्छन् भन्ने कुरा सोच्छन् । यसको अर्थ औसत अमेरिकी वा बि्रटिश युवतीहरु सातामा हरेक कामकाजी दिन यौन सम्पर्क गर्छन् ।

यस बाहेक उनीहरु महिनामा दुई वा तीन पटक कुनै विशेष मौकामा पनि यौन सम्पर्क गर्छन् भन्ने पुरुषहरुको सोचाई छ, तर वास्तविकता भने अर्कै छ । अध्ययन अनुसार औसत अमेरिकी वा बेलायती युवतीहरु महिनामा करिब पाँच पटक यौन सम्पर्क गर्छन् ।

यौनबारे मनगढन्ते सोंच

त्यसो भए भ्रमको यति ठूलो कारण के हो ? यसको कारण हाम्रो सोच पनि हो । हामी धेरैजसो अरुको कुरा सुनेर धारणा बनाउँछौं त्यो पनि एक कारण हो ।

मानव प्रजातीको विकासको आधारनै यौन हो । हाम्रो अस्तित्व यौनमा नै टिकेको हुन्छ तर यौनलाई लिएर विश्वभरका मानिसहरुले विभिन्न किसिमका भ्रमहरु पालेका हुन्छन् ।

हामी मानिसहरुलाई अरुको सामाजिक व्यवहारलाई देखेर त्यो ठिक कि बेठिक भनेर मुल्यांकन गर्ने गर्छौं तर यौनको मामिलामा भने यसरी अनुमान गर्न सकिँदैन किनभने आम रुपमा मानिसहरु बन्द कोठामा मात्रै यौजसम्बन्ध राख्छन् ।

हामीलाई अरुको यौन जीवनमाथि वास्तविक सूचना र जानकारी हुँदैन यस्तो अवस्थामा हामी आधिकारिक स्रोतको सहारा लिन्छौं । यौनलाई लिएर गरिने अनुमानमा हाम्रो यस्तो आधिकारिक स्रोत हुन्छन् खेलमैदानमा वा लकर रुममा हुने वाला गफगाफ, विभिन्न अधकल्चा सर्वेक्षण, मिडियामा प्राथमिकताको साथमा छापिने खबर र पोर्न ।

यी सबै आधिकारिक स्रोतबाट सेक्सको बारेमा पाएको अधकल्चो जानकारीलाई नै हामी वास्तविकता मान्छौं ।

५४ वर्षको उमेरसम्म १७ सेक्स पार्टनर

यसै सर्वेक्षणमा हामीले तीन देशका मानिसहरुसँग उनीहरुको देशका मानिसहरुले ४५-५४ वर्षको उमेरमा कति सेक्स पार्टनर बनाउँछन् भनेर सोध्यौं ? यो बारेमा मानिसहरुको अन्दाज धेरै सटिक निस्कियो ।

अष्ट्रेलिया र बेलायतमा ४५-५४ वर्षको उमेर सम्म पुग्दापुग्दै पुरुषले १७ पार्टनर बनाउँछन् । अमेरिकामा यो तथ्यांक १९ छ । यस बारेमा जे अनुमान लगाइएको छ त्यो सटिक थियो ।

तर, कुरा रोचक तब हुन्छ जब पुरुष र महिलाहरुमा तुलना गरिन्छ । महिलाहरुले सर्वेक्षण यहि प्रश्नको उत्तरमा यौन साथीको जुन संख्या बताए त्यो पुरुषको तुलनामा धेरै कम थियो ।

महिलाहरुको दावी अनुसार उनीहरु पुरुषको तुलनामा आधामात्रै सेक्स पार्टनर बनाउँछन् । उच्च दर्जाको सेक्स सर्वेक्षणमा पनि यहि दुविधा अगाडि आउँछन् तर, यो कुरा वास्तविकता हुन असम्भव छ ।

किनभने महिला र पुरुष दुवैले सेक्स पार्टनर बनाउँछन् र विश्वमा दुवैको जनसंख्या करिब करिब एक बराबर छ भने कसरी पुरुषले मात्रै धेरै सेक्स पार्टनर बनाउने कुरा वास्तविकता हुन्छ ?

यो संख्या बराबरीको आसपासमा हुनुपर्ने हो किनभने पुरुषले महिलाहरुलाई नै त सेक्स पार्टनर बनाउँछन् ।

यो फरकको एक कारण यो पनि हुनसक्छ कि पुरुष आफैले आफूलाई बहादुर देखाउन लागि सेक्स पार्टनरको संख्या बढाएर पनि बताउँछन् ।

अमेरिकामा त झनै यौनको बारेमा महिला र पुरुषको अनुमानमा एक टि्वस्ट छ । औसत अमेरिकी पुरुष अमेरिकी युवतीहरुको औसत २७ यौनसाथीहरु हुन्छन् भन्ने कुरा मान्छन् भने अमेरिकी युवतीहरुको अनुमानमा उनीहरको देशका पुरुषको १३ यौनसाथी हुन्छन् ।

महिलाहरुको अनुमान वास्तविकताको धेरै नजिक छ । औसत अमेरिकी पुरुषको १२ यौनसाथीहरु हुन्छन् । औसत अमेरिकी पुरुषको यो बेतुकको सोचको कारण उनीहरुको बीचमा केही यस्ता पुरुष छन् जसले सोच्छन् अमेरिकी महिलाहरुका धेरै यौनसाथीहरु छन् भन्ने सोच्छन् ।

एक हजार मानिसहरुमा गरिएको सर्वेक्षणमा २० अमेरिकी पुरुष यस्ता थिए जसले उनीहरुको देशमा महिलाहरुको औसत ५० सेक्स पार्टनर हुन्छन् भनेर सोचेका थिए ।

हाम्रो यो गलत बुझाईले हामी बाँकि दुनियाँलाई कुन नजरले हेर्छौं भन्ने कुरा बताउँछ । यसले हाम्रो पूर्वाग्रहको पोल खोल्छ । विभिन्न सर्वेक्षणले युवा र महिलाहरुको यौनजीवनलाई लिएर मानिसले कति सम्मको भ्रम पालेका हुन्छन् भन्ने बताउँछ ।

खासमा यस्तो सोच राख्ने पुरुष थोरै छन् तर, यसले बाँकी अरुको सोचमा पनि असर गर्छ ।

यस्तो भ्रम हटाउने एक तरिका छ- मानिसहरुलाई धेरै भन्दा धेरै जानकारी दिने ताकी उनीहरु आफ्नो सोच सुधार्न सकुन् र आफ्नो गलत सोचको कारण बुझ्न सकुन् ।

विभिन्न खाले कल्पना गरेर भ्रम पाल्ने मानिसहरुलाई उनीहरुलाई जे भनिन्छ र उनीहरु त्यसैको आधारमा जे सोच्छन् त्यो कति गलत हुन सक्छ भन्ने कुरा थाहा हुन सकोस् ।–बिबिसी फ्चुरबाट

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट