टाट पल्टिन आँटे प्रियंकाका हुनेवाला ससुरा

 अनलाइनखबर पाटी     १९ भाद्र २०७५, मंगलवार

बिहेको तयारीमा रहेकी बलिउड नायिका प्रियंका चोपडाका लागि नराम्रो खबर आएको छ । उनका हुनेवाला ससुरा पल जोनस आर्थिकरुपमा टाट पल्टिन आँटेका छन् । न्यूजर्सीमा रहेको कन्ट्रक्सन र रियल स्टेट कम्पनीका मालिक हुन् पल । समाचार अनुसार पलको यस कम्पनी ऋणमा डुबेको छ । यसले १० लाख डलरभन्दा बढि ऋण तथा २ लाख ६८ हजार डलर जरिवाना तिर्न सकेको छैन । यो ऋणबाट छुट्कारा पाउनका लागि पलले आफ्नो कम्पनीसहित भएभरको सम्पत्ति बेच्ने तयारी गरेका छन् ।

पलका तीन छोरा गायक हुन् । यदि उनीहरुले चाहे भने बाबुलाई उद्दार गर्न सक्छन् । सेलिब्रिटी नेट वर्थको एक रिपोर्टअनुसार उनका छोरा तथा प्रियंकाका श्रीमान निकको कुल सम्पत्ति २ करोड ५० लाख डलर छ । त्यसैगरी अर्का छोरा केविनको २ करोड तथा जोको १ करोड ८० लाख डलर छ । सबैभन्दा साना छोरा फ्रेंकीसँग पनि ३० लाख बराबरको सम्पत्ति छ ।

सन् २०१३ मा ब्यान्ड बन्द हुनुअघि जानस दाजुभाईले आफ्ना गीतहरु बेचेर दह्रो कमाई गरेका थिए । यता निककी प्रेमिका प्रियंका पनि कम छैनन् । उनलाई फोब्र्सले २०१७ कि मोस्ट पावरफुल वुमनको सुचीमा राखेको थियो । उनीसँग ७५ करोड भारु बराबरको सम्पत्ति छ । उनले केही नयाँ हलिउड फिल्म साइन गरेकी छन् । त्यसपछि उनको सम्पत्ति अझै बढ्नेछ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट