स्वस्तिमाको महिला टेम्पो चालकको कथामा निर्माण भएको ‘बुलबुल’ फागुन ३ गते आउने

 अनलाइनखबर पाटी     २५ भाद्र २०७५, सोमबार

महिला टेम्पो चालकको कथामा निर्माण भएको सिनेमा ‘बुलबुल’ले आफ्नो प्रदर्शन मिति तोकेको छ।

निर्माण टिमले जनाए अनुसार भ्यालेन्टाईन्स डेको भोलि पल्टबाट अर्थात फागुन ३ गतेबाट सिनेमा प्रदर्शनमा आउने भएको छ।

कुटुमा कुट गर्ल स्वस्तिमा खड्का मुख्य भूमिका रहेको ‘बुलबुल’लाई ओस्कार ईन्टरनेशनल कलेजका निर्देशक विनोद पौडेलले निर्देशन गरेका हुन्।

विनोदले यस अघि नेपाली सिनेमा ‘साँघुरो’को कथा लेखेका थिए। जुन सिनेमाले राम्रो तारिफ पनि पाएको थियो। बुलबुलमा नायिका स्वस्तिमा खड्काका अलावा लक्ष्मी बर्देवा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ।

अविरल थापा पुरुषोत्तम पाण्डे, भिम थापा र राजु पौडल संयुक्त लगानी रहेको बुलबुलमा सुसन प्रजापतिको सिनेमाटोग्राफी, कोशिश क्षेत्री र उद्गम परियारको म्यूजिक रहेको छ। बुलबुलमा रजिना रिमाल र निर्देशक निश्चल बस्नेतको आवाज रहेको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट