अमेरिकी डरलको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर

 अनलाइनखबर पाटी     २५ भाद्र २०७५, सोमबार

अमेरिकी डलरको विनिमय दर आज (सोमबार) स्थिर छ।

केही दिनदेखि उकालो लागिरहेको अमेरिकी डलरको भाउ आइतबार ८ पैसा घटेको थियो। सोमबार पनि सोही मूल्य कायम रहेको हो।

अर्थात् सोमबार अमेरिकी १ डलर १ को खरिद दर १ सय १४ रुपैयाँ ४८ पैसा तथा बिक्री दर १ सय १५ रुपैयाँ ८ पैसा कायम कायम भएको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स र मलेसियाका मुद्रा विनिमय दर पनि आइतबारकै समान छ।

साउदी अरेबियन रियाल १ को खरिद दर ३० रुपैयाँ ५२ पैसा छ भने बिक्री दर ३० रुपैयाँ ६८ पैसा कायम भएको छ। कतारी रियाल १ को खरिद दर ३१ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ३१ रुपैयाँ ६१ पैसा कायम भएको छ।

संयुक्त अरब इमिरेट्स (युएइ) को दिह्राम १ को खरिद दर ३१ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ३१ रुपैयाँ ३३ पैसा कायम भएको छ। यस्तै मलेसियन रिङ्गेट १ को खरिद दर २७ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ७६ पैसा कायम भएको छ।

यसबाहेक युरोपलगायत केही देशका मुद्राको विनिमय दर भने आइतबारको तुलनामा सोमबार सस्तो भएको छ।

युरो १ को खरिद दर १ सय ३२ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १ सय ३२ रुपैयाँ ९५ पैसा कायम भएको छ। पाउन्ड स्ट्रलिङ १ को खरिद दर १ सय ४७ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १ सय ४८ रुपैयाँ ७५ पैसा कायम भएको छ।

यसैगरी अस्ट्रेलियन डलर १ को खरिद दर ८१ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर ८१ रुपैयाँ ८० पैसा कायम भएको छ। जापानिज यन १० को खरिद दर १० रुपैयाँ ३१ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३६ पैसा कायम भएको छ दक्षिण कोरियाली वन १ सयको खरिद दर १० रुपैयाँ १४ पैसा छ भने बिक्री दर १० रुपैयाँ २० पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ।

भारतीय मुद्राको विनियम दर भने सदा झैं स्थिर छ।

निजी वित्तिय संस्थाहरूले भने राष्ट्र बैंकले तोकेको विनिमय दरभन्दा केही महँगोमा विदेशी मुद्रा बिक्री गर्न सक्ने छन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट