नेपाली काँग्रेस दोलखाको दोस्रो जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न -संगठन सुधार अभियानमा दोलखा कांगे्रस

 अनलाइनखबर पाटी     २६ भाद्र २०७५, मंगलवार
दोलखा २५ भदौ । नेपाली काँग्रेस दोलखाको दोस्रो जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको अवसरमा दोलखा कांगे्रसले कार्यकर्ताहरुलाई २ दिने प्रशिक्षण दिएको छ । संगठन सुधार गर्ने अभियानमा अहाेरात्र खट्न कांगे्रस नेताहरुले कार्यकतालाई निर्देशन दिएकाछन ।

नेपाली काँग्रेसका केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक पुरुषोत्तम दहालले र नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद हरि गुरागाईले दोलखा जिल्लाका काँग्रेस नेता तथा कार्यकर्ता, स्थानीय तहको विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न भातृ तथा भगीनि संस्थाका प्रतिनिधिहरु लाई २ दिने प्रशिक्षण दिइएको नेपाली कांगे्रस दोलखाका सचिव सन्तोष रिमालले जानकारी दिनुभयो । जिल्लाका विभिन्न स्थानीय तहहरुले अनपेक्षित र लाद्ने गरी गरेको जनता विरोधी निर्णयहरु, विभिन्न नीति तथा कार्यक्रमहरु, कर लगायतको बारेमा भण्डाफोर कार्यक्रमहरु आयोजना गर्ने नीति तय भएको सचिव रिमालले बताउनुभयो ।
शनिवार सुरु भएको पार्टी प्रशिक्षण तथा १०५ औं विपी जयन्ती कार्यक्रम आइतबार सम्पन्न भएकोे छ ।प्रशिक्षण कार्यक्रममा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनका क्रममा हार व्यहोर्नुको पछाडिको कारण, गल्ती र कमजोरीहरुको बारेमा समिक्षा गरी आगामी कार्यनीतिको लागि कार्यसमितिलाई जिम्मेवार बनाइएको काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले जानकारी दिनुभयो ।
आगामी मंसिर ७ गतेको महासमिति बैठक पछि संगठन सुदृढिकरण कार्यक्रम लिएर जनताको घरघरमा पुग्ने निर्णय भएकोे सभापति खड्काले जानकारी दिनुभयो ।प्रशिक्षण सँगसँगै नेपाली काँग्रेस दोलखाले गत वर्ष गरेको विभिन्न निर्णयहरु र कार्यक्रमहरु अनुमोदन गरिएको उहाँलेले बताउनु भयो ।
नेपाली काँग्रेस दोलखाका पार्टी प्रशिक्षण विभागका संयोजक श्यामराजा खड्काको सभापतित्व तथा संघीय सांसद जीपछिरिङ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न पार्टी प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुले गुनासो राखेको सहभागिहरुले बताएका छन् ।२०४६ सालपछि दोलखामा काँग्रेसले गरेको ठूलो प्रशिक्षण कार्यक्रम हो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट