अक्षयले बिहेपछि फिल्म खेल्न नदिएको टि्वंकलको गुनासो
अनलाइनखबर पाटी २६ भाद्र २०७५, मंगलवारबलिउडका धेरै अभिनेत्रीहरु बिहेपछि पनि फिल्म इन्डष्ट्रीमा सक्रिय छन् । तर, टि्वंकल खन्नाले भने बिहेपछि फिल्म खेलिनन् । हालै एक कार्यक्रममा टि्वंकलले श्रीमानका कारण बिहेपछि फिल्म खेल्न नपाएको गुनासो गरिन् । टि्वंकलका अनुसार अक्षयले कहिले पनि उनको अभिनयको तारिफ गरेनन् ।
‘उनी सँधै मेरो अभिनयको मजाक उडाउने गर्थे,’ उनले भनिन्, ‘बिहेपछि फिल्म खेल्ने चाहना भए पनि उनले अनुमति दिएनन् ।’ त्यसो त बिहेअघि पनि टि्वंकलको करिअर खासै सफल थिएन । उनले अभिनय गरेका अधिकांस फिल्म फ्लप छन् ।
Leave a Reply