अन्तरिक्षमा खिचिएको चर्चित तस्बिर

 अनलाइनखबर पाटी     २८ भाद्र २०७५, बिहीबार

पृथ्वीभन्दा ४ सय ८ किलोमिटर माथि रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा कार्यरत बैज्ञानिकहरूको यो तस्बिर अहिले निकै चर्चित छ । आईएसएसमा हाल ६ जना वैज्ञानिक छन् । उनीहरूमध्ये एक जना निक्की आर्नोल्डले उक्त तस्बिर खिचेर ट्विटरमा सेयर गरेका छन् ।

उनले भनेका छन्– खुला अन्तरिक्षमा यो नयाँ रेकर्ड हो, जहाँ टेलिफोन बुथभन्दा पनि सानो स्थानमा ६ जना अटाएका छन् । उनीहरूले पृथ्वीको मौसमको जानकारीका साथै अन्तरिक्षमा भैरहेको घटनाहरूको जानकारी समय–समयमा नासालाई पठाइरहेका हुन्छन् ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र १५ वटा देश मिलेर सञ्चालन गरिएको एउटा मिसन हो । त्यहाँ वैज्ञानिकहरू निश्चित समयसम्म बसेर काम गर्छन् अनि पृथ्वीमै फर्कन्छन् । आईएसएसमा उनीहरूका लागि इन्टरनेट सुविधा समेत उपलब्ध छ ।

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट