दोलखामा वाल दिवस भव्यताका साथ मनाउदै बालबालिकाका (६ तस्वीर)

 अनलाइनखबर पाटी     २९ भाद्र २०७५, शुक्रबार

शोभित उप्रेती 

भदौ-२९,दोलखा। दोलखामा पनि विभिन्न कार्यक्रम गरि वाल दिवस मनाइयो । यसै क्रममा दोलखाकै एक विद्यालय श्री सत्यश्वर मा.वि मेलुङ्ग–१ का वाल अधिकार चेतना समुह (वालअधिकार मञ्च), जुरेस, स्काउटका विद्यार्थीहरुले वालअधिकार र वाल हिंसा सम्बन्धित वतृत्वकला, लघु कथा लेखन जस्ता विभिन्न कार्यक्रम गरि वाल दिवस भव्यताका साथ मनाइएको वाल संरक्षण समिति मेलुङ्ग १ पवटीका अध्यक्ष शिवराम ढकालले बताउनु भयो ।

त्यसै गरि कार्यक्रममा विद्यालयका प्रअ मुकुन्द प्रसाद उप्रेतीले नेपालमा भर्खरै जारी भएको मुलुकी देवानी संहिता ऐन २०७४ र फौजदारी संहिताले बालबालिकाका भनेर १८ वर्ष पुरा नगरेका अर्धसक्षम र असक्षम नागरिकलाई बालबालिका भनेर परिभाषीत गरेको छ । बालबालिकाहरुको अधिकार भन्नाले उनीहरुको सुरक्षित जन्म देखी बाँच्न पाउने, संरक्षण हुन पाउने , बिकास हुन पाउने र अर्थपुर्ण सहभागीता हुन पाउने अधिकारलाई बालअधिकार भनेर भनेको छ ।

यि अधिकारहरु कानुनी र वा नैतिक हिसावले न्यायोचित हक वा दावि पनि हो । जव यो संसारमा बालबालिका जन्मिन्छन् तव उनीहरु आफ्नो अधिकारमा रमाउन चाहन्छन् र जसमा उनीहरुले पाउनु पर्ने उचित शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, अनुकुल वातारणमा सुरक्षित हुर्कन चाहन्छ । त्यो कुरा अभिभावक वा राज्यवाट प्राप्त गर्नुपर्ने हुन्छ र प्राप्त गरिरहेको हुन्छ, बालबालिकाहरुलाई बर्तमानका साझेदार र भविश्यका कर्णधार पनि भनेर बुझ्ने गरिन्छ । जसलाई यो अवस्था उचित लगानी गरेर हुर्काउन सकिएन भने भविश्यमा सभ्य समाज वा देशको परिकल्पना गर्न सकिदैन, त्यसैले बालबालिकाहरुको सर्वागिण बिकास बिना देश बिकासको परिकल्पना गर्नु पनि निरर्थक हुन्छ ।

बालअधिकार वारे समकालीन बिषयमा निकै चर्चा गर्ने गरिएका छ तर मानव अधिकारको क्षेत्र भित्र बालअधिकारलाई समावेश गर्न धेरै वर्ष लागेको थियो । पश्चितमा औधोगिक क्रान्तीको प्रारम्भीक समयमा बालकलाई एउटा सम्पतिको रुपमा लिईन्थ्यो । प्रत्येक बालबालिकाले बाँच्न पाउने जन्मसिद्ध अधिकार,उनीहरुको नाम र राष्ट्रियताको अधिकार, आमाबावुसंग वसोवास गर्न पाउने अधिकार, पारिवारिक पुर्नमिलनको अधिकार, बिचार प्रकट गर्न पाउने र बिचारले उचित मान्यता पाउने अधिकार, अभिब्यक्ती स्वतन्त्रताको अधिकार, बिचार बिवेक र धर्म सम्वन्धि अधिकार, शिक्षाको अधिकार, अपाँगता बालबालिकाको अधिकार, स्वास्थ्यको अधिकार, यौन शोषणवाट संरक्षण पाउनुपर्ने अधिकार, सामाजिक सुरक्षाको अधिकार र अन्य किसीमका शोषणवाट संरक्षित हुने अधिकारहरुलाई महासन्धीले प्रष्ट रुपमा उल्लेख गरेको छ ।

त्यसैगरि यस महासन्धीले राज्यको दायित्वमा पनि बिशेष जोड दिएको पाईन्छ । राज्यले बालबालिकालाई भेदभावपुर्ण ब्यवहार गर्न नहुने, आमाबावु वा अन्य जिम्मेवार मानिसहरुले वेवस्ता गरेमा प्राप्त स्याहार गर्नुपर्ने, अधिकाररुको कार्यन्वयन गर्नुपर्ने, बाबुआमावाट बिछोड भएमा संरक्षण दिनपर्ने, शरणार्थी बालबालिकालाई संरक्षण र सहयोग गर्नुपर्ने, वेचविखन सौदावाजि र अपहरण रोकथामगरिनुपर्ने, सामाजिक पुर्नसथापना गरिनुपर्ने, दुब्र्यवहार र उपेक्षावाट संरक्षण गर्नुपर्ने, उचित न्यायिक कारवाही गर्नुपर्ने आदी दायित्वहरुलाई बालबालिका प्रति राज्यले निर्वाह गर्नुपर्ने भनि दायित्व उल्लेख गरिएता पनि पूर्ण रुपमा कार्यन्वय गर्न नसक्दा दिन प्रति दिन वालवालिका हिंसाको सिकार बन्न पुगेको वताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि मेलुङ्ग १ का वडाध्यक्ष इश्वर कोइरालाले नेपालमा बालदिवस मनाउदै गर्दा यस्तै जोखीम तथा अभावको जिवन बाँचीरहेका बालबालिकाहरुको जिवनमा सकारात्मक परिवर्तन ल्याई, राज्यले बनाएका नितिहरुको प्रभावकारी कार्यन्वयन भई बालबालिकाहरुमा लगानी गर्नुपर्छ भन्ने धारणा सवै सरोकारवालाहरुमा मन मनमा जाओस् ।बिशेष अवस्थामा रहेका बालबालिकाहरुले आफ्नो पनि बालअधिकार छ भन्ने महुषस गर्न पाओस् । स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकार सवै नेपाल बालमैत्री सरकारको होस् । बालअधिकारको संरक्षण र प्रर्बधनमा सवै सरोकारवालाहरुको ध्यान जाओस भन्ने शुभकामना सहित बालदिवसको सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट