भगौडा प्रहरीको ठाउँमा भर्ती गराइदिने भन्दै साढे २ लाख असुली, प्रहरी आफै ठगी धन्दामा व्यस्त !

 अनलाइनखबर पाटी     ३१ भाद्र २०७५, आईतवार

भदौ-३१ , काठमाडौं । प्रहरी जवानमा भर्ती गराइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ लिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको भिमेश्वर–१, चरिकोट घर भइ पेप्सिखोला बस्ने कालिबहादुर लामा छन् ।

लामासहितका व्यक्तिहरुले सल्यानका २० वर्षीय गणेश भण्डारीसहितका व्यक्तिहरुलाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गरेका थिए ।

प्रहरी जवान पदमा भगौडा भएको खाली ठाउँमा भर्ती गराइदिने उनीहरुले प्रलोभन देखाएको प्रहरीको भनाइ छ ।

उनलाई काठमाडौं प्रहरीले काठमाडौं–५, महाराजगञ्जबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट