यसरी सिँगारिँदैछ जनकपुरको रामजानकी मन्दिर ७ करोडमा – फोटो फिचर

 अनलाइनखबर पाटी     २ आश्विन २०७५, मंगलवार

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरस्थित जानकी मन्दिरलाई प्रदेश सौन्दर्यीकरण गर्ने योजना अघि बढाएका छन्।

प्रत्येक वर्ष लाखौँ श्रद्धालु पूजाआजाका लागि आउने जानकी मन्दिरलाई थप आकर्षक बनाउन राउत नेतृत्वको प्रदेश सरकार अग्रसर भएको हो।

प्रदेश सरकारले अगाडि बढाएको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत  जानकी मन्दिर सौन्दर्यीकरण योजना अघि बढाइएको हो।

जानकी मन्दिरमा विश्वभरिकै हिन्दुहरुलाई कम्तिमा एकपटक आउनै पर्ने वातावरण बनाउने घोषणा मुख्यमन्त्री राउतले गरेका छन्।

यसका लागि पहिलो चरण अन्तर्गत उनले जानकी मन्दिरको प्राङ्गण लगायतको क्षेत्रलाई थप सौन्दर्यीकरण गर्ने योजना सारेका छन्।

पहिलो चरणको सौन्दर्यीकरणका लागि करिब ७ करोड खर्च हुने लागत परियोजना तयार पारिएको छ।

त्यसका लागि केही दिन भित्रै ठेक्का प्रक्रियामा लैजाने तयारी समेत प्रदेश–२ को सरकारले गरेको छ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार लगत स्टिमेट र डिजाइन तैयार भइसकेकाले जानकी मन्दिरसँग सम्झौता भए लगत्तै टेण्डर प्रक्रियामा जानेछ।

मुख्यमन्त्री राउतले यसअघि जानकी मन्दिरबाटै ‘मुख्यमन्त्री स्वच्छता अभियान’ को शुभारम्भको घोषणा गरेका थिए।

हालसम्म विश्व सम्पदा सूचिमा सूचिकृत भइनसकेपनि रामजानकी मन्दिर सूचिकृत हुने अपेक्षामा छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट