फेसबुकमा ”सुसाइड नोट लेखेर” कालीगण्डकीमा आत्महत्या
अनलाइनखबर पाटी २ आश्विन २०७५, मंगलवार
म्याग्दीकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर कालीगण्डकीमा हाम फालेकी छन्।
कक्षा ११ मा पढ्ने म्याग्दी बेनी नगरपालिका–५ घर भएकी सोनिया क्षेत्री फेसबुकमा सोनी क्षेत्रीका नाममा फेसबुक आइडी भएकी ती युवतीले कालिगण्डकीमा हाम फालेकी हुन्।
आइतबार ती युवतीले विद्यूत प्राधिकरणको कार्यालय नजिकैबाट कालीगण्कीमा हाम फालेको र अहिलेसम्म उनको अवस्था अज्ञात रहेको म्याग्दीका प्रहरी प्रमुख वीरबहादुर बुढाले जानकारी दिए।
आत्महत्या गर्नुअगाडि ती युवतीले फेसबकमा ‘म मरेको खबर सुन्न धेरै आतुर भएको होला तिमीहरु, आज म तिमीहरु सबैको सपना पूरा गरिदिन्छु, बधाइ जोे म खुसी भएको हेर्न नसक्नेहरु, तिमीहरु सबै आज खुसीले रमाउनु, पार्टी दिनु, तिमीहरु सबैले जितेऊ मैले हारे, गुडबाई’ भनेर लेखेकी थिइन्।
दुई जना साथीसँग नदी किनारामा पुगेकी ती युवतीले साथीहरुको अगाडि नदीमा हाम फालेकी हुन्। प्रहरीले उनको साथमा रहेका दुई साथीहरुसँग समेत सोधपुछ गरेको छ।
Leave a Reply