गाईखुरा महादेव मन्दिर जिर्णेदारको पर्खाईमा,स्थानियवासी दाताको खोजिमा

 अनलाइनखबर पाटी     ५ आश्विन २०७५, शुक्रबार

असोज ५ दोलखा। भूकम्पबाट क्षतबिक्षेत भएको प्रसिद्ध श्री गाईखुरा महादेव मन्दिर जिर्णेदारको पर्खाईमा रहेको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नं. २ सुकाठोकरमा रहेको यो मन्दिरको निर्माणको लागि आर्थिक सहयोग जुटाउन दाताको खोजीमा स्थानियवासी भौतारि रहेकाछन ।
भुकम्प गएको साँढे तीन बर्ष वित्दा पनि कुनै निकायले सरोकार नराखेकाले मन्दिर निर्माण गर्नको लागि आर्थिक सहयोग जुटाउन दाताको खोजी गर्न बाध्य भएको स्थानियावासी टंक भण्डारीले बताए ।
“मन्दिरमा आउने भक्तका लागि सुविधा प्रदान गर्न र यस क्षेत्रको धार्मिक आध्यात्मिक पर्यटन प्रवद्र्धन गर्न सम्पूर्ण निकाय जुटेर अघि बढेमा दोलखा जिल्लाको दक्षिणी भेगको सवैभन्दा ठूलो धार्मिक स्थान बन्ने निश्चित छ ।”भण्डारीले भने ।

भूकम्पका कारण मन्दिर अगाडी पट्टि पुरै लडेको र मन्दिर पनि जोखिमपूर्ण अवस्थामा रहेकोले गाईखुरा युवा क्लवको सक्रियतामा गत मंसिरबाट कम्पाउण्ड निर्माण गर्न मेलुङ गापालाई आग्रह गरिएकोमा हाल २५ लाख बजेट विनियोजन गरिएको मेलुङ गाउँपालिका अध्यक्ष नर ब. श्रेष्ठले बताए।
आध्यात्मिक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित गाईखुरा पुग्न सदरमुकाम चरिकोट देखि ३१ कि.मी. तामाकोशी, पवटी हुँदै जानु पर्दछ । यस क्षेत्रमा पर्यटकहरुका लागि ४÷५ घरमा होमस्टेको व्यवस्था गरिएको छ भण्डारीले बताए ।
आफ्नो सवारी साधन हुनेले चरिकोटमा आएर बस्ने विहान दोलखा भिमेश्वर मन्दिरको दर्शन गरी गाईखुरा महादेवको दर्शन गर्न जाने गर्दछन् । निलाहार बसी खाली पेटमा पुगेर दर्शन पूजपाठ गरेपछि केही दिनभित्रै आफ्नो मनोकामना पुरा हुने भक्तजनको विश्वासले धेरै टाढा टाढा देखि यहाँ वेद, चण्डी, सभा लाख वत्ति बाल्न भक्तहरु आउने गरेको कुरा पुजारी हरिप्रसाद पण्डितले बताएका छन् । पण्डितका अनुसार दोलखामा सरुवा भएर आएपछि धेरै जसो प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत कार्यालय प्रमुखहरु गाईखुरा महादेवको पूजा पाठ दर्शन गर्न पुग्ने गरेका छन् ।

यस मन्दिरमा दर्शन गरेपछि आपत विपत लगायत दैवी विपत्ति हुँदैन भन्ने विश्वास रहेकोले दोलखा भिमेश्वर आउने धार्मिक पर्यटकहरु गाईखुरा महादेवको पनि दर्शन गर्न जाने गर्दछन् तर, तामाकोशी, पवटी गाइखुरा १५ कि.मी. सडक व्यवस्थित नभएकोले धार्मिक पर्यटकलाई मन्दिरसम्म आउन अहिले कठिनाई भई रहेको छ ।
गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्ज, शिवलिङ्ग र दुईवटा पहेँला नाग प्रष्ट देख्न सकिन्छ । जलधाराबाट चढाएको गाईको दुध शिलामै सोसिन्छ । वेद चण्डी लगाउँदा दुध, जल शिलामै सोसिएर सकिन्छ । यहाँ निसन्तान जोडी सोमबार आएर दर्शन गर्दा चाहेको सन्तान प्राप्त भयो भन्ने धेरैजसो भक्तहरुबाट जानकारी आएको छ ।
यस मन्दिरमा यदि पूजा पाठ गर्दा विधि विग्रिएमा आजभोलि पनि बाघ र सर्पले दुःख दिने हुँदा स्थानीयले विधि पु¥याएर पूजा आजा गर्ने गर्दछन् ।
वडा नं. २ का वडा अध्यक्ष जीतबहादुर भण्डारीका अनुसार मन्दिर वरपर कम्तिमा ७ रोपनी जग्गा मन्दिरको नाममा ल्याउने पहल सुरु भएको छ । यस बर्तमान समयको माग अनुसार कुनै पनि दाता वा निकायले यस मन्दिरको निर्माणमा पहल कदमी गरेमा मन्दिरबाट प्राप्त हुने फल सजिलैसँग आर्जन गर्न सकिने विषय निर्विवाद छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट