डोटीमा २२ वर्षीया युवती बलात्कृत, युवक पक्राउ

 अनलाइनखबर पाटी     १० आश्विन २०७५, बुधबार

डोटीको पूर्वीचौकी गाउँपालिकामा एक युवतीमाथि बलात्कार भएको छ।

स्थानीय ३५ वर्षीय शिवबहादुर सुनारले करिब २२ वर्षीया युवतीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए।

सुनारलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा चलाइएको उनले बताए। अहिले उनलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट