तामाकोसी गाउँपालिका च्यामाका कमल बजगाईं – पाँच वर्षिया बालिका बलात्कारका फरार आरोपीले गरे आत्मसमर्पण

 अनलाइनखबर पाटी     १२ आश्विन २०७५, शुक्रबार

आश्विन १२, दोलखा ।

दोलखामा पाँच वर्षिया वालिका वलात्कार अभियोग लागेपछि फरार कमल बजगाईंले काठमाडौंमा आत्मसमर्पण गरेका छन् । फरार भएको २५ दिनपछि उनले काठमाडौंको कोटेश्वर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।

उनि  खानेपानि डिभिजन कार्यालयका प्राबिधिक अस्थाई करारमा कार्यरत रहेको पनि कार्यलयले बताएको छ ।उनलाई राती नै दोलखा पठाईएको प्रहरीले जनाएको छ ।

तामाकोसी गाउँपालिका च्यामाका ५२ बर्षिय बजगाईंलाई भदौ १७ गते पाँच वर्षिया वलात्कार गरेको आरोप छ ।

दोलखास्थित जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्तापछि उनी फरार थिए ।

यता पिडितका परिवारको हदैसम्मको कार्वायी हुनु पर्ने माग छ । त्यसै गरि दोलखाका अधिकांस संघ सस्थाले यस्तो लज्जास्पद कार्यको घोर विरोध गर्देै आएका छन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट