सञ्जय दत्तको फिल्म ‘तोरबाज’बाट हुँदैछ यी अभिनेतृको इन्ट्री

 अनलाइनखबर पाटी     १४ आश्विन २०७५, आईतवार

बलिउडका सुपरस्टार अभिनेता सञ्जय दत्तको फिल्म ‘तोरबाज’बाट बलिउड फिल्म उद्योगमा अर्की अभिनेत्रीको इन्ट्री हुने भएको छ।

यसअघि नै बलिउडमा ‘ए है पारा नार्मल इश्क’बाट बलिउड प्रवेशको यात्रा थालेकी ती अभिनेतृको उक्त फिल्म अहिलेसम्म रिलिज नभएको पछि उनको पहिलो फिल्म नै तोराबाज हुने भएको हो। उक्त फिल्म अक्टोबरमा रिलिज हुने भनेपनि अहिलेसम्म टुंगो नलागेको उनले खुलासा गरेकी छन्। सञ्जयको तोरबाजबाट बलिउड प्रवेश गर्न लागेकी यी अभिनेत्रीको नाम हो स्नेहा नामानन्दी।

‘ए है पारा नार्मल इश्क’ फिल्मको प्रदर्शनलाई लिएर उत्साहित बने पनि उनले ताेरबाज नै बलिउड इन्ट्री गर्ने फिल्म हुने बताएकी छन्।

केही समय अगाडि फिल्म तारेबाजको एक एक दृश्यका लागि खिचिएको सञ्जयसँगको तस्विर सार्वजनिक गरेकी छन्। उनले उक्त तस्बिरका साथमा सञ्जयसँग काम गर्न पाउँदा आफू उत्साहित भएको समेत उल्लेख गरेकी छन्।

स्नेहको जन्म फिल्मी नगरीका रुपमा परिचित मुम्बइमै भएको हो। उनले पढाइ पनि यही गरिन्। डान्स गर्न र ब्याडमिन्टन खेल्न मन पराउने स्नेहा यसअघि साउथ फिल्म ‘लि’मा पनि अभिनय गरेकी छन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट