प्रहरी दिवस समारोहमा किन बोल्न दिएनन् गृहमन्त्री थापालाइ ओलीले?

 अनलाइनखबर पाटी     २५ आश्विन २०७५, बिहीबार

६३ औ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सम्बोधन गरेनन्।

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सम्बोधन गरे पनि विभागीय मन्त्रीका हिसाबले बोल्नु पर्ने गृहमन्त्री भने बोलेनन्।

समय अभाव भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले सम्बोधन गरेपछि गृहमन्त्री नबोलेका हुन्। उनले प्रधानमन्त्रीले बोलिसकेपछि आफूले बोल्नु सान्दर्भिक नहुने भन्दै उनले उक्त समारोहलाई सम्बोधन नगरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति स्थापनाका लागि प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै जनतासँग राम्रो सम्बन्ध बनाउन आग्रह समेत गरे।

एक अनुसन्धानको असफलताले ९९ औँ सफलतालाई प्रभाव पार्ने भन्दै उनले घुमाउरो पाराले निर्मलका हत्याकाण्डको दोषी पत्ता लगाएरै छाड्नुपर्ने बताए।

महानिरीक्षक खनालल एकदुई जनका असफलतालाई संगो संगठनसँग जोड्न नहुने बताए। उनले एउटा मुद्दामा पूरै प्रहरी संगठनलाई जोड्दा इमान्दार प्रहरीको मानमर्दन हुने बताए।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट