हवाई दुर्घटनामा पर्ने नेपालीले मंसीरपछि पाउँदैछन् विमावापत पौने दुई करोड

 अनलाइनखबर पाटी     ६ कार्तिक २०७५, मंगलवार

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् १९९९ देखि लागू गरेको मोन्ट्रियल महासन्धि नेपालमा मंसीर २९ (२९ मंसीर) देखि लागु हुने भएको छ।

७ भदौमा नेपालको संसदले अनुमोदन गरेपनि यसबारे ३० असोजमा मात्र आइकाओलाई जानकारी गराइएको छ।

आइकाओमा जानकारी गराएको ६० दिनपछि अर्थात् डिसेम्बर १५ (२९ मंसीर) देखि सो महासन्धि लागु हुने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले दिए।

पोखरेल सहितको नेपालको टोली आइकाओको हेडक्वाटरमा पुगेर नेपालले महासन्धि अनुमोदन गरेको जानकारी गराएको थियो।

क्यानडाको मोन्ट्रियलमा रहेको मुख्यालयमा पर्यटन मन्त्रालय, प्राधिकरण लगायतका अधिकारी सो टोलीमा सहभागी थिए।

हवाई दुर्घटनामा परी कसैको मृत्यु वा घाइते भएमा महासन्धि अनुसार बिमाबापत पीडित पक्षले १ लाख ५६ हजार ७ सय ११ अमेरिकी डलरसम्म पाउने व्यवस्था रहेको छ।

यस हिसावले हवाई दुर्घटनामा परी ज्यान गुमाउने नेपालीको परिवारले झण्डै पौने दुई करोड रुपैयाँ विमाबापत पाउन सक्नेछन्।

यसैगरी उडान ढिला भएको खण्डमा ६ हजार ५ सय ४ डलर प्राप्त गर्न सक्नेछन्।

नेपाल सो महासन्धिको सदस्य राष्ट नभएका कारण हवाई दुर्घटनाबाट पीडित नेपालीहरुले निकै कम रकम प्राप्त गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट