विमानस्थलका सटर सुन तस्करलाई दिनखोज्ने क्षेत्रीमाथि छानवीन गर्न मन्त्रीको निर्देशन

 अनलाइनखबर पाटी     २९ कार्तिक २०७५, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ६ वटा सटर सुन तस्कर समूहलाई भाडामा दिन प्रयास गर्ने महाप्रबन्धक राजकुमार क्षेत्रीविरुद्ध कारवाही गर्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले छानवीन निर्देशन दिएका छन्।

मन्त्री अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतममार्फत् यो प्रकरणको छानवीन गर्न निर्देशन दिएको नेपालखबरलाई बताए।

सटर भाडामा दिने विषय बद्नियतपूर्ण रहेकाे सार्वजनिक भएपछि मन्त्री अधिकारीले क्षेत्रीलाई के भएको हो भनी सोधेका थिए। मन्त्रीलाई ब्रिफिङ गर्दै उनले ‘सबै काम निमसंगत गरेको’ जवाफ फर्काएका थिए। क्षेत्रीको जबाफ चित्तबुझदो नभएपछि मन्त्री अधिकारीले प्राधिकरणका महानिर्देशक गौतमलाई छानबिनको जिम्मा दिएका हुन्।

‘सटर भाडामा दिने प्रक्रिया विवादित बनेपछि मैले महाप्रबन्धकसँग कुराकानी गरेको थिएँ। उनको जवाफ चित्तबुझ्दो पाइन्ँ। त्यसपछि सटर भाडामा दिने विषयको पहिलो अधिकार रहने माहानिर्देशकलाई छानवीनको निर्देशन दिएको छु’, मन्त्री अधिकारीले नेपालखबरसँग भने। महानिर्देशकको छानवीनपछि कारवाही प्रक्रिया निष्कर्षमा पुग्ने उनले बताए। अनुसन्धानमा बद्नियत राखेको देखिए हदैसम्मको कारवाही हुने मन्त्री अधिकारीकाे भनाइ छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्तिक १६ गते क्षेत्रीलाई सम्बोधन गरी बोलपत्र शिलबन्दी कोटेशनका सूचनाहरु पत्रिकामा प्रकाशन गर्ने सम्बन्धमा भएको अनियमितताबारे प्रश्न गर्दै स्पष्टिकरण मागेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमानस्थल सटर भाडामा दिने सूचना भदौ ३० र असोज २० गतेको नेपाल समाचारपत्र दैनिकमा प्रकाशन भएका थिए। पछिल्लो समय समाचारपत्र सबैभन्दा थोरै वितरण हुने दैनिक पत्रिकामा पर्छ। थोरै प्रकाशित हुने पत्रिकामा सूचना दिएर महाप्रबन्धक क्षेत्रीले योजनाबद्ध रुपमा विमानस्थलका सटर सुन तस्करका एजेन्टलाई दिन चाहेका थिए। साेही याेजनाअनुसार टेन्डर सूचना प्रकाशित भएकाे दिन समाचारपत्रको पृष्ठ गायब पारेर वितरण गरिएको थियो।

क्षेत्रीले टेन्डरमा बदनियत राखी याेजनाबद्ध रूपमा चलखेल गरेकाे विषय सत्यराम सुवालले प्रेस काउन्सिलमा उजुरी गरेपछि सार्वजनिक भएकाे थियाे।

स्रोतका अनुसार महाप्रबन्धक क्षेत्रीले सुन तस्करहरू विमल पोद्दार तथा एमके अग्रवाल समूहलार्इ सटर भाडामा दिन चलखेल गरेका थिए। पोद्दार गृह मन्त्रालयको सुन तस्करी अनुसन्धान समितिको सिफारिशमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन्। फरार अग्रवालको प्रहरीको खोजी सूचीमा छन्।

नेपाल समाचारपत्रमा भदौ ३० गते विमानस्थलका बारेमा २ वटा सूचना प्रकाशित भएको थियो। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमनतर्फ एउटा सटर चिया कफी पसल संचालन गर्न र अन्तर्राष्ट्रिय टर्मिनल भवनतर्फ ३ वटा सटरमा चिया कफी, पत्रपत्रिका, किताब तथा फूलसम्बन्धी सामाग्री बिक्री गर्न बोलपत्र आह्वान गरेको थियो।

असोज २० पनि २ वटा सूचनामा विमानस्थलको सटरसम्बन्धी प्रकाशन भए। पहिलो सूचनामा अन्तरिक टर्मिनल भवनतर्फ डिपार्चर स्टोराइल हलमा बुक स्टल संचालन गर्न आह्वान गरिएको थियो। त्यस्तैगरी अर्को सूचनामा अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ पहिलो तल्लामा ब्राण्डेड पसल सञ्चालन गर्न बोलपत्र आह्वान गरिएको थियो।

चार पटक गरी ६ सटर भाडामा दिन आह्वान गरेको सूचनामध्ये २ वटा जिल्ला अदालत काठमाडौंको अन्तरिम ओदशका कारण रोकिएका छन्। दुई सूचना पुनःप्रकाशन गरिएको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट