ए डिभिजन लिगः मनाङद्वारा एनआरटी २–० ले पराजित

 अनलाइनखबर पाटी     १ मंसिर २०७५, शनिबार

सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले एनआरटीलाई पराजित गरेको छ।

शनिबारदेखि सुरु दोस्रो चरणको पहिलो खेलमा मनाङले २–० को जित निकालेको हो। पहिलो हाफमै मनाङले २–० को अग्रता लिएको थियो। प्रतिस्पर्धात्मक दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल मनाङले जितेको हो।

खेलको १७ औं मिनेटमा अन्जन विष्टलाई एनआरटीका डिफेन्डर मसहुद ओहले डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा अन्जले गोलगर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए।

यस्तै ३८ औं मिनेटमा मनाङका विदेशी खेलाडी ओलावाले अफिसले एनआरटीका तीन रक्षकलाई बिटगर्दै डिबक्स नकिजकैबाट दोस्रो गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच मनाङका अन्जन विष्ट घोषित भए।

यसैबीच आजै हुने अर्को खेलमा आर्मी र च्यासल भिड्नेछन्। खेल हल्चोक मैदानमा केहि बेरमा सुरु हुनेछ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट