प्रधानन्यायाधीश राणाले न्यायाधीश दीपकराज जोशीका लागि इजलास तोकेनन्

 अनलाइनखबर पाटी     १८ पुष २०७५, बुधबार

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले संसदीय सुनवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीका लागि बुधबार कुनैपनि इजलास तोकेका छैनन्।

संसदीय सुनवाई समितिबाट अस्वीकृत जोशीका बिषयमा सोधेका प्रश्नमा न्याय संगत अघि बढछु भन्ने जवाफ दिएका राणाले प्रधान न्यायाधीश भएपछि बुधबार पहिलो इजलास तोके, जसमा जोशीका लागि कुनै इजलाश तोकिएको छैन।

सर्वोच्च अदालतको बुधबारको कज लिस्टमा जोशीलाई समावेश गरिएको छैन।

स्रोतका अनुसार जोशीलाई सँगै लिएर हिँडे आफू समस्यामा पर्ने देखेपछि राणाले इजलास नतोकेका हुन्।

जोशीलाई बिस्तारै सर्वोच्चका कामकारवाहीबाट टाढा राख्ने रणनीतिमा प्रधानन्यायाधीश राणा देखिएका छन्।

सुनवाई समितिको मंगलबारको बैठकमा प्रधानन्यायाधीशमा अनुमोदित राणाले बुधबार राष्ट्रपति बिद्यादेबी भण्डारीबाट सपथ लिएर कार्यभार सम्हालिसकेका छन्।

उनले बुधबार आफुलाई ५ वटा इजलास तोकेका छन्। जसमा ३ थान मुद्दा थुनुवाको, एउटा क्रसर उद्योगको र अर्को उत्प्रेषणको आदेश माग गरिएको छ।

प्रधानन्यायाधीश राणाले संस्कृत विश्वविद्यालय अन्तर्गतको हजारी जनक विद्यापीठको जग्गा कीर्ते जालसाजी गरेर बेचेको आरोपमा पक्राउ परेका महन्थ बैकुण्ठ दासको मुद्दा पहिलो नम्बरमा राखेका छन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट