ओलीलाई देउवाको प्रश्न – गफ हाँकेर पानीजहाज र रेल आउँछ ?

 अनलाइनखबर पाटी     ३ फाल्गुन २०७५, शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारविरुद्ध खनिएका छन्।

ओली सरकार बनेको एक वर्षमा महत्वपूर्ण र दुरगामी एउटा पनि काम नभएकोले सरकार असफल भइसकेको उनले दाबी गरे। विकास निर्माण र कूटनीतिक हिसाबले चुकेर सरकार असफल भएको उनले बताए।

एक वर्षमा महत्वपूर्ण र दुरगामी एउटै काम भएन। यसबाट स्पष्ट हुन्छ कि ओली सरकारले गफ हाँक्नेबाहेक अरु कुनै पनि काम गर्न सकेन,’  कांग्रेस भक्तपुरले शुक्रबार गरेको विरोध सभामा देउवाले भने, ‘गफ हाँकेरउखान टुक्का भनेर देश बन्ने भए आज जनतालाई यति दु:ख हुने थिएन।

ओली सरकारले महंगी नियन्त्रण नगर्दा जनतालाई दैनिक जीवनयापनमा समेत अप्ठेरो परेको उनले बताए।

महंगी यति बढेको छ कि सर्वसाधारण जनतालाई बाँच्न गाह्रो भइसक्यो। जथाभावी कर बढाएको छ,’ देउवाले भने।

ओली सरकारले कुरा ठूला गरे पनि काम केही नगरेको दाबी देउवाको छ। ओलीले ठूला-ठूला गुड्डी हाँकेका छन् कहिले पानीजहाज ल्याउँछु भन्छन्कहिले रेल ल्याउँछु भन्छन्। गफ हाँकेर रेल आउँछ?,’  देउवाले प्रश्न गरे।

भेनेजुयलाबारे बोलेर कूटनीतिक सम्बन्ध बिगारेको देउवाले आरोप लगाए। विकास निर्माणमा त केही गरेनन्। अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिगारेका छन्,’ उनले भने, ‘भेनेजुयलाबारे जे पायो त्यही बोलेको छ।

मुलुकमा ७७ जिल्ला भए पनि प्रधानमन्त्री ओली आफ्नो गृहजिल्लामा मात्रै केन्द्रीत भएको आरोप देउवाको छ। प्रधानमन्त्रीको क्षेत्रमा विकास निर्माणका ठूला योजनामा बजेट ओइरिएको समाचार सार्वजनिक भएका बेला देउवाले त्यसतर्फ लक्षित गर्दै भने, ‘देश भनेको आफ्नो जिल्लामात्रै होइन नि। सबैतिर समान विकास गर्नुपर्यो ।

विपक्षी दललाई वास्ता नगरी संवैधानिक आयोगमा नियुक्ति गरेर पनि सरकारले अधिनायकबादी चरित्र देखाएको देउवाको भनाइ छ। विपक्षी दलले संसदमा वेल घेराउ गर्दा संसारमा कहीँ पनि विधेयक पास नहुने भए पनि नेपालमा पास गरेर सरकारले अधिनायकबादी चरित्र प्रदर्शन गरेको देउवाले आरोप लगाए।

सरकारविरुद्ध देशभर आन्दोलन गर्न परे पनि गर्नेछौं,’ देउवाले भने, ‘जवरजस्ती चिकित्सा शिक्षा विधेयक पास गरियो यो अधिनायकबादी सोचको सुरुवात हो।’ सरकारको नराम्रा कामको विरोधमा देशव्यापी विरोध सभा गर्ने उनले बताए।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट