माईतीघरमा यसरी नाचे ‘लुट्नसके लुट् कान्छा..’ गीतमा – प्रजातन्त्रको पक्षमा जनता

 अनलाइनखबर पाटी     ५ फाल्गुन २०७५, आईतवार

काठमाडौं । पशुपति शर्माको लुट्न सके लुट् कान्छा बोलको गीतमा स्वतःस्फूर्त नागरिकहरु नाचेर सरकार बिरुद्ध प्रदर्शन गरेका छन् ।  गीत  प्रतिबन्ध लगाएको विरोधमा आईतबार अपराह्न माईतीघर मण्डलामा सार्वजनिक रुपमा सो गीत बजाइएसँगै नागरीक नाचेर बिरोध जनाएका हुन्
शुक्रबार युटुवमा राखिएको सो गीत नेकपाका कार्यकर्ता र सरकारी संयन्त्रको चर्को  दबाबपछि युटुबबाट हटाउन लगाईएको थियो।

स्वतन्त्र नागरिकको नामाट आयोजना गरिएको सो कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रताको प्रतिबन्धित सो गीत सार्वजनिक रुपमा बजाइएको हो । अपराह्न ५ बजे माईतीघर मण्डलामा सार्वजनिक रुपमा बजाइएको गीतमा सहभागी रबै नागरीक नाचेका थिए  ।

शुक्रबार सो गीत सार्वजनिक भएसँगै युवा संघका अध्यक्ष लगायतका नेकपाका नेता तथा कार्यकर्ताहरुले सो गीतको चर्को रुपमा विरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट