अष्ट्रेलियामा विचल्लीमा परेका विद्यार्थीको उद्दार गर्न सरकारलाई कांग्रेसको आग्रह

 अनलाइनखबर पाटी     ८ फाल्गुन २०७५, बुधबार

फाल्गुन ८, २०७५ – प्रमुख प्रतिपक्षी दल नोपलाी कांग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजार भन्दा बढी नेपाली विद्यार्थीहरुको उद्दार एवं उचित शैक्षिक प्रवन्धका लागि अष्ट्रेलिया सरकारसंग आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुबारे आवश्यक विवरण संकलन गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाउन समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । प्रवक्ता विश्व प्रकास शर्माद्वारा जारी विज्ञप्तिमा अष्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न पार्टीले निर्देशन समेत दिइसकेको उल्लेख छ ।

स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौंको भविष्य अन्यौलमा पुर्‍याएको र नर्सिङ अध्ययन गर्न गएका नेपाली विद्यार्थी समेत विचल्लीमा परेको भन्दै प्रवक्ता शर्माले पार्टीको ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट