एनसेलमा बम बिस्फाेटपछि देशभर अलर्ट रहन प्रहरीकाे निर्देशन, कमलपाेखरीमा शंकास्पद वस्तु फेला

 अनलाइनखबर पाटी     १० फाल्गुन २०७५, शुक्रबार

ललितपुरको भैंसेपाटीस्थित एनसेल मुख्यालय बाहिर बम बिस्फोट भएको छ।

बिस्फोटमा परी तीनजना घाइते भएका छन्। घाइतेहरुको विएण्ड बी अस्पताल, अल्का अस्पताल र मेडिसीटी अस्पतालमा उपचार हुँदैछ।

घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको ललितपुर प्रहरीका डिएसपी अपिलराज बाेहराले नेपालखबरलाई जानकारी दिएका छन्।

महानगरीय अपराध महाशाखा र प्रहरी प्रधान कार्यालयकाे विशेष ब्युराेकाे टाेलीसमेत घटनास्थल पुगेर अनुसन्धान थालेकाे छ।

यता, कमलपाेखरीस्थित आँगन मिठाई पसल नजिक पनि शंकास्पद वस्तु फेला परेकाे प्रहरीले जनाएकाे छ।

प्रहरी प्रधान कार्यालय कार्यदलकाे टाेलीले घटनास्थल घेराबन्दी गरेर राखेकाे छ।

प्रहरीले शंकास्पद वस्तु बम हुने आशंकामा नेपाली सेनाकाे बम डिस्पाेजल टाेली बाेलाएकाे छ।

प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी सहित देशभरका प्रहरी ईकाइहरूलाई अलर्ट अवस्थामा रहन निर्देशन दिएकाे छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट