मन्त्रिपरिषद पुनर्गठनबारे ओली-प्रचण्डबीच के छलफल भयो? (भिडियो)

 अनलाइनखबर पाटी     २८ फाल्गुन २०७५, मंगलवार

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच मन्त्री मण्डल पुनर्गठनबारे मंगलबार विहान छलफल भएको छ।

पार्टी कामको सिलसिलामा विराटनगर प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीसँग मन्त्री मण्डल पुनर्गठनबारे छलफल भएको विराटनगर विमानस्थलमा प्रचण्डले बताएका छन्।

‘पाँच बर्ष नै यिनै मन्त्री रहन्छन् कि मन्त्री परिवर्तनपनि हुन्छन्?’ भन्ने पत्रकारहरुको प्रश्नमा प्रचण्डले भने, ‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हेर्नुभा’छ, त्यसमा बढी भर पर्छ।’

नेपालले प्रधानमन्त्रीय प्रणाली अपनाएको बताउँदै प्रचण्डले मन्त्रीहरुको कामकाजप्रति प्रधानमन्त्रीले गर्ने मूल्याङ्कनको आधारमा मन्त्री मण्डल पुनर्गठन हुने नहुने बताए।

‘साँचो कुरा के हो भने, म सिधै बालुवाटारबाट यता (विराटनगर) आउँदैछु’ उनले थपे ‘यहाँ आउनुअघि मन्त्री मण्डल पुनर्गठनबारे प्रम ओली र मबीच पनि कुराकानी भएको थियो, प्रधानमन्त्रीको भनाई छ कि, म हेरिपनि राख्या’ छु, दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैप¥यो भने केही हुनसक्छ। तर, हतारो छैन भन्नुभएको छ।’

पत्रकारहरुले सोधे, ‘मन्त्री मण्डल पुनर्गठनबारे प्रधानमत्रीलाई तपाईंले के सल्लाह दिनुभयो?’

‘मैले प्रधानमन्त्रीलाई यस विषयमा तपाईंले नै निर्णय गर्नुस् भनेको छु’ प्रचण्डको जवाफ थियो, ‘यो तपाईंको मूल्याङ्कनमा भर पर्ने कुरा हो। अधिकार क्षेत्रभित्रपनि पर्ने कुरा हो भनेको छु।’

मन्त्रिपरिषद पुनर्गठनबारे विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड: 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट