स्काउट इतिहासमा सत्यश्वर मावि दोलखा (फोटो फिचर)

 अनलाइनखबर पाटी     ३ चैत्र २०७५, आईतवार

दोलखाको इतिहासमा नै पहिलो पटक दोलखा रोभर रेन्जर क्रियू

जिल्ला स्काउट दोलखाको आयोजनामा एकरात दुई दिने दोलखाको इतिहासमा नै पहिलो पटक दोलखा रोभर रेन्जर क्रियूको स्काउट तालिम क्याम्पका संयोजक राष्ट्रिय सहायक प्रशिक्ष तथा रोभर लिडर श्री दामोदर बस्नेतको संयोजकत्वमा भिमेश्वर नगरपालिका वडा नं. – ७ श्री सेतिदेवी निमावि काउलेमा आज सोमवार सम्पन्न भएको छ ।

 

दोलखा रोभर रेन्जर क्रियूमा जिल्लाका विभिन्न विद्यालयहरु श्री सत्यश्वर मावि पवटी, श्री कुटिडाँडा मावि मकैवारी, श्री कालिन्चोक मावि चरिकोट, श्री देवी मावि वोच, श्री सुर्के मावि खरिढुङ्गा र श्री सर्व मा वि जिलुबाट रोभर स्काउट १२ र रेन्जर स्काउट २९ जना गरि जम्मा ४१ जना सहभागि रहेको सो क्याम्पमा सत्यश्वर मा वि पवटीले न्चष्कि क्अयगत र द्ययथक क्अयगत लाई दिक्षित गराउँदा जिल्लामा सबै भन्दा बढि स्काउट सहभागि गराई आफ्नो नाम अग्रपङ्तीमा राख्न सफल भएको थियो भने त्यसै गरि दोलखा रोभर रेन्जर क्रियूमा पनि सत्यश्वर माविले ४१ जना सहभागी रोभर रेन्जर मध्ये १९ जना रोभर रेन्जरलाई दिक्षित गराई आफ्नो नाम अग्रपङ्तिमा कायम राख्न सफल भएको जिल्ला स्काउट दोलखाका आयुक्त ध्रुब बहादुर खड्काले बताउनु भयो ।

तालिम क्याम्पको भित्री वातावरण

दोलखा रोभर रेन्जर क्रियू संचालनका लागि जिल्ला आयुक्त ध्रुब बहादुर खड्काको अध्यक्षतामा तिर्थ बहादुर खड्का, रमा बुढाथोकी, दामोदर बस्नेत लगाएतको ७ जनाको दल समिती गठन गरि रोभर रेन्जरहरुलाई दिक्षित गराउनुका साथै निकट भविष्यमा यस कार्यदलले रोभर रेन्जर लिडर ट्रेनिङ समेत संचालन गर्नका लागि गहन रुपमा छलफल समेत गरेको सदस्य सचिव बस्नेतले जानकारी दिनु भयो ।

त्यसै गरि कार्यक्रमका विशेष अतिथी राष्ट्रिय सहायक प्रशिक्षक तथा रोभर लिडर श्री प्रमोद सिग्देलले दोलखा जिल्ला स्काउटमय बन्दै गएकोमा खुशि व्यक्त गर्दै, दोलखालाई कुनै पनि समयमा आवश्यक सहयोग गर्न आफु तत्पर रहेकोे ओकेपाटी संवादातालाई वताउनु भयो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट