‘विप्लव’ नेतृत्वको नेकपाका अर्का प्रभावशाली नेतालाई पक्राउ – कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’

 अनलाइनखबर पाटी     ११ चैत्र २०७५, सोमबार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका अर्का प्रभावशाली नेतालाई प्रहरीले पक्राउ गरेको छ।

उक्त पार्टीका मध्यक्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई पक्राउ गरेको तीन दिन नबित्दै प्रहरीले कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई प्रहरीले पक्राउ गरेको हो।

श्रेष्ठसहित दुई जनालाई प्रक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। स्रोतले भन्यो, ‘पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरी-मोरङ क्षेत्रबाट श्रेष्ठसहित दुई जना पक्राउ परेका छन्, अहिले सबै नभनौं।’

सुनसरी-मोरङ क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको स्रोतले जनाएको छ। अर्का एक जनाको नाम र घटनाको विस्तृत जानकारी प्रहरीले दिएको छैन।

द्वन्द्वकालीन समयमा माओवादीका ब्युरो सदस्य श्रेष्ठ काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्वअध्यक्ष समेत हुन्।

सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव नेकपाका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ।

शुक्रबार राति काभ्रेबाट विप्लव समूहका मध्य क्षेत्रीय कमान्ड इन्चार्ज ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेको थियो। त्यसयता प्रहरीले अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट