दोलखामा विश्व विद्यालय संचालन गर्न सरकार प्रबिद्ध रहेको – सामाजिक विकास मन्त्री दुलाल

 अनलाइनखबर पाटी     १५ चैत्र २०७५, शुक्रबार

राजन बस्नेत
चैत्र – १५, दोलखा ।

जिल्लाकै पुरानो गौरीशङ्कर बहुमुखी क्याम्पसको ३८ औँ बार्षिक उत्सबको उदघाटन गर्दै नेपाल सरकार ३ नं. प्रदेशका माननीय सामाजिक विकास मन्त्री युवराज दुलालले जनता मिलेर स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।

गौरीशंकर बहुमुखी क्याम्पस दोलखाको ३८ आँँै बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री दुलाल ले मानिसको सार्वागिण विकासका निम्ती शिक्षा अत्यआवश्यक बस्तु भएको बताउदै समावेशी शिक्षा आजको आवश्यक्ता रहेको धारणा व्यक्त गरे । उनले भने अवको शिक्षा सैदान्तिक शिक्षा सँगसँगै व्यवहारिक शिक्षालाई विशेष जोड दिने खालको हुनुपर्ने भन्दै ३ नं. प्रदेशका जनता शिक्षाको उज्यालो घामबाट कोही पनि नछुटुन भन्नाको निम्ती प्रदेश सरकारले छुटै कार्यक्रम तयार गरी कार्यन्यवयनमा ल्याउने स्पष्ट पारे ।

उनले ३ नंं प्रदेशकका अधिकांश विद्यालयहरुमा १ नर्शको व्यवस्था गरिएको जानकारी दिदै आगामी दिनहरुमा त्यसलाई निरन्तरता दिने र थप कार्यक्रमहरुको योजना बनाउने बताए । उनले थपे आफु दोलखा जिल्लालाई सानै देखि नजिकबाट नियाल्दै आएको भन्दै दोलखामा विश्व विद्यालय निर्माण आवश्यक रहेको औल्याउदै प्रदेश सरकारले विश्व विद्यालय निर्माण गर्नका लािग आवश्यक सहयोग गर्ने प्रबिद्धता जाहेर गरे ।
कार्यक्रममा ३ नं. प्रदेश सांमसद पशुपती चौलागाईले शिक्षा विना देश सवृद्धिको बाटो तर्फ अघि नबढने धारणा राख्दै शिक्षासँग सम्पुर्ण विकास निर्माणका कार्यहरु जोडिएको बताए । उनले भने दोलखाको शैक्षिक विकासका निम्ती आफु लागि परि रहेको बताउदै दोलखालाई शैक्षिका गन्तब्य बनाउनु आजको पहिलो आवश्यक्ता रहेको ठोकुवा गरे ।

नेपाली कांगे्रस दोलाखाका नेता बर्मा लामाले दोलखालाई शैक्षिक हबका रुपमा स्तर उन्नति गर्दै दोलखाली जनतालई शिक्षाको पहँचमा वृद्धि गर्नुपर्ने र सहज वातावरणमा शिक्षा पाउनुपर्ने धारण राखे । उनले भने कम्युष्टको सरकारले भ्रष्ट्रचार, बलत्कार, र राष्ट्र बिरोधीलाई प्रसय दिएको समेत गम्भीर आरोप लगाउदै यस्ता खालका सरकारका गतिविििधलाई नेपाली कांग्रेस दोलखाले गम्भीर रुपमा लिएको र यसको प्रतिवाद गर्न दोलखा कागं्रेस तयार रहेको धारणा व्यक्त गरे ।

क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युष्ट पाटीका नेता शंकर लामा, नेपाल कम्युष्ट पाटी दोलखाका अध्यक्ष भीम दाहाल, जि.स.स दोलखाका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी सागर मणी पाठक, भीमेश्वर नगरपलिका उप प्रमुख कमला बस्नेत, पत्रकार माहासंघ दोलखाका अध्यक्ष जीवन लामा, उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्की लगायत उपस्थित रहेको कार्यक्रममा ५०० भन्दा माथि विद्यार्थीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख शान्त बहादुर केशीले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट