दोलखामा युवा अधिकार कर्मी बस्नेत सम्मानित

 अनलाइनखबर पाटी     १६ चैत्र २०७५, शनिबार

जिल्ला कै जेठ्यो गौरीशंकर बहुमुखी क्याम्पस को ३८ औं वार्षिक उत्सव को अबसर पारेर राजन बस्नेतलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार १ लाख एघार हजार एक सय ११ रुपैयाँँ प्राप्त गरी गौरीशंकर क्याम्पसको नाम उच्च राख्न र क्याम्पस लाई विभिन्न माध्यम बाट सहयोग गरेको भन्दै प्रसम्शा पत्र ले सम्मान गरेको छ ।

गौरीशंकर बहुमुखी क्याम्पस दोलखा को ३८ औं वार्षिक दिवस को अबसर मा बि एड चौथो बर्ष मा अध्ययन राजन बस्नेत तिन बिधा मा सम्मानित भएका छ्न । गौरीशंकर बहुमुखी क्याम्पस दोलखा ले आयोजना गरेको कविता प्रतियोगिता र प्रतिबेदन लेखन प्रतियोगिता मा सहभागी प्रतिस्पर्धीहरुलाई उछिन्दै बस्नेतले पहिलो स्थान प्राप्त गर्न सफल भएका थिए । बस्नेत लाई कार्यक्रम का प्रमुख अतिथि प्रदेश न:३ का सामाजिक बिकास मन्त्री माननीय युबराज दुलालले प्रसम्शा पत्र ले सम्मान गरेका थिए ।

कार्यक्रममा गौरीशंकर बहुमुखी क्याम्पस दोलखा लाई दुई लाख भन्दा बढी को शैक्षिक सामाग्री हस्तान्तरण गरेको भन्दै समाजसेवी तथा शिक्षा सेबि श्रीकृष्ण दाहाल ,प्रथम मिस दोलखा सपना चौलागाईं लगायत लाई समेत प्रसम्शा पत्र प्रदान गरिए को थियो भने क्याम्पस ले वार्षिक दिवस को अबसर मा आयोजना गरेको अतिरिक्त क्रियाकलापहरु मध्ये नगर स्थरिय अन्तर माबी तथा क्याम्पस स्थरिय भलिबल प्रतियोगिता मा प्रथम स्थान हासिल गर्ने भीम मा बि दोलखा ,द्दितिय स्थान प्राप्त गर्ने सर्ब मा बि जिलु ,र तृतीय स्थान प्राप्त गर्ने गौरीशंकर क्याम्पस का शिक्षक ज्युहरु लाई क्रमश : ८ हजार ,७ हजार र ५ हजार नगदसहित सिल मेडल र प्रमाणपत्र ले सम्मान गरिएको क्याम्पस प्रमुख शान्त के सी ले जानकारी दिए । क्याम्पस सन्चालक समिति का अध्यक्ष राजेन्द्र मानन्धर को अध्यक्षता मा भएको कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलाप मा प्रथम ,द्दितिय र तृतीय हुने विद्यार्थीहरुलाइ समेत पुरस्कार बितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट