विपक्षीले सहमति दिए अध्यादेशमार्फत शिक्षा ऐन ल्याउँछु : शिक्षामन्त्री पोखरेल
अनलाइनखबर पाटी २५ चैत्र २०७५, सोमबारचैत-२५, काठमाडौं ।
शिक्षामन्त्री गिरीराजमणि पोखरेलले प्रमुख विपक्षी नेपाली कांगेसले सहमति जनाए ‘संघीय शिक्षा ऐन’ अध्यादेशमार्फत ल्याउन आफू तयार रहेको बताएका छन् ।
नेपाल अभिभावक महासंघको कार्यक्रममा मन्त्री पोखरेलले संसदीय प्रक्रियाबाट शिक्षा ऐन ल्याउन ढिलाइ हुने बताए । संसदीय प्रक्रियामा आउँदा दुई महिना लाग्ने भन्दै उनले भने, ”प्रतिपक्ष दल तयार हुन्छ भने म शिक्षा ऐन अध्यादेशबाट ल्याउन तयार छु ।’
मन्त्री पोखरेलले उच्चस्तरीय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन चाँडै सार्वजनिक गर्ने समेत बताए । ”ठीक समयमा पढाइ, परीक्षा र परीक्षाफल प्रकाशन गर्नका लागि देशभरि नै एउटै शैक्षिक क्यालेण्डर लागू गरिने छ’ उनले भने,”क्यालेण्डरलाई प्रभावित गर्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गरेका छौं ।’
Leave a Reply