गुल्मीको मुसिकोटमा जिप दुर्घट्ना, पूर्व सांसदसहित तीन जनाको निधन

 अनलाइनखबर पाटी     २९ चैत्र २०७५, शुक्रबार

गुल्मीको मुसिकोट नगरपालिकामा सवारी दुर्घटना परी पूर्व सांसदको मृत्यु भएको छ।


मुसिकोट नगरपालिका १ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्कोट गाउँपालिका ५ बस्ने पूर्व सांसद रुद्रमणी शर्मा भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

जिप सडकवाट १ सय मिटरभन्दा तल खसेको थियो । दुर्घटनामा परि मालिका गाउँपालिका १ का रोशर विकको पनि मृत्युु भएको प्रहरीले जनाएको छ बिहीबार विहान मालिका गाउँपालिकावाट उक्त जिप बुटवलका लागि छुटेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट