गोरखामा मामाको खुर्पा प्रहारबाट भाञ्जा गम्भीर घाइते
अनलाइनखबर पाटी १ बैशाख २०७६, आईतवार
गोरखामा मामाले मामाले खुर्पाले हान्दा भान्जा गम्भीर घाइते बनेका छन्।
गोरखा नगरपालिका ७ का ५० वर्षीय मामा वुद्धवीर नेपालीले खुर्पा प्रहार गर्दा भाञ्जा सुनील रम्तेल गम्भीर घाइते भएका हुन्।
लागू पदार्थको नशामा रहेका मामाले भान्जामाथि खुर्पा प्रहार गरेका थिए। उनको घाँटी र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
काभ्रे घर भएका सुनील केही दिनअघि मामाघर गएका थिए। मामालाई भेट्न गएको समयमा एक्कासी खुर्पा झिकेर हिर्काएको घाइतेले प्रहरीसँग बताएका छन्।
नेपालीले खुर्पाले हिर्काएर घरको मूल ढोकामा ताला लगाएका हिँडेका थिए। गम्भीर घाइते रम्तेलको गोरखा अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।
Leave a Reply