दोलखा उद्योग बाणिज्य संघमा इन्द्र श्रेष्ठको प्यानलकोनै जित सुनिश्चत – पुर्व अध्यक्ष लगायत ठुला व्यापारीको सहयोग

 अनलाइनखबर पाटी     २६ बैशाख २०७६, बिहीबार

बिगत तिन बर्ष अघि देखी दोलखा उद्योग बाणिज्य संघका गतिबिधि सुशुप्त अवस्थामा रहेकोले थप उर्जा दिंदै इन्द्र श्रेष्ठको प्यानलले दोलखाका उद्योगी ब्यापारीहरुको सेवामा सर्मपित रहने प्रतिबद्धता जाहेर गर्दै चुनावी मैदान उत्रिएका छन ।


बिगतको सुन्दर कार्कीको नेतृत्व कुम्भकर्णको निन्द्रामा परेकोले इन्द्र श्रेष्ठको नेतृत्व उद्योगी ब्यापारीहरुले खोजिरहेका छन । इन्द्र श्रेष्ठको प्यानलले दोलखाका उद्योगी ब्यापारीहरुको सेवाका लागी सदरमुकाम चरिकोट, मैनापोखरी, मागा देउराली र सिंगटी बजारमा मानिसहरुको बढ्दो चहलपहललाई दृष्टिगत गरी ‘फ्रि वाईफाई’ व्यवस्था गर्नका निम्ति स्थानीय सरकार संग सहकार्य गरी काम अगाडि बढाउने घोषणा गरेको छ ।

चरिकोट, सिंगटी, मैनापोखरी, जिरी लगायत दोलखाका व्यापारिक केन्द्रहरुमा काठमाडौं, बनेपा लगायतका शहरहरुबाट ट्रान्सपोर्ट कम्पनीहरु मार्फत सामान ओसार्न अहिले व्यवसायीहरुलाई परेको मर्कालाई दृष्टीगत गरी ट्रान्सपोर्ट प्रयोग गर्ने हरेक दोलखाली व्यवसायी सेयर सदस्य रहने गरी व्यवसायीकै लगानीमा सुपथ मुल्यमा माल सामान ओसार्न सहकारी मोडेलको साझा ट्रान्सपोर्ट कम्पनी खोल्ने पहल पत्रकार सम्मेलनमा सदस्यका उम्मेदार सनत थापाले बताएकाछन ।

दोलखा जिल्लाको पर्यटन प्रवद्र्धनका लागि लगानीकर्ताहरुलाई आकर्षित गर्न स्थानीय सरकार र नेपाल उद्योग बाणिज्य महासंघ र जिल्लास्थित सरोकारवाला निकायसंग सहकार्य गरेर काम बताउदै थापाले भने राजधानीबाट नजिक रहेको दोलखा जिल्ला स्रोत र साधनका हिसाबले समेत धनी रहेका कारण यहाँ लगानी गर्नका निम्ति राजधानी सहित देशका ठुला उद्योग र उद्यमीहरुलाई दोलखाप्रति आकर्षित गराउँदै लगानीकर्ता भित्र्याउने वातावरण तयार पारिनेछ ।

सदस्यका उम्ेदवार देबकृष्ण थापा भन्छन “ ३ बर्ष भित्र त्यसरी लगानी भित्र्याउन जिल्ला भित्र स्थानीयबासीका लागि रोजगारी सिर्जना हुनेखालका ठुला रिसोर्ट र होटल साथै साना मझौला र ठुला उद्योग खोल्न सबैसँग सहकार्य र समन्वय गर्नका निम्ति अगुवाई गरिनेछ ।”
उनले भने ‘ हालै मात्र खानेपानी मन्त्रालयले नेपालको पानी कतारमा बेच्ने योजना अघि सारेकोले उक्त परियोजनामा दोलखाका हिमाली ताल र झरनाहरुको पानी कतारमा पु¥याउन ‘मिनिरल वाटर’ कारखाना खोल्नका निम्ति लगानीकर्ता र उद्योगी व्यवसायीहरुलाई आकर्षित गर्न सरकारसँग समन्वय गरेर काम गरिनेछ ।’
उद्योगी ब्यापारिकको पक्षामा सदैव काम गर्ने हाम्रो प्यानको जित सुनिश्चित रहेको थापाले दाबि गरे ।

श्रेष्ठ समुहको प्यानल
अध्यक्ष
इन्द्र बहादुर श्रेष्ठ

सदस्यहरु
१.कुल प्रसाद पौडेल
२.गणेश शाही ठकुरी
३.दिनेश थापा
४.देवकृष्ण थापा
५.निला कुमार श्रेष्ठ
६.मनोजकुमार श्रेष्ठ
७.बिमल श्रेष्ठ
८.विवेक केसी
९.सनत थापा
१०.सुब्बा श्रेष्ठ
११. सुरेन्द्र उप्रेती (सुरु)
१२.हेमराज रिमाल
सदस्य (महिला तर्फ)
अनिता श्रेष्ठ
सदस्य (दलित तर्फ)
नवराज रिजाल
सदस्य (एशोसियट तर्फ)
कृष्णबहादुर श्रेष्ठ

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट