रौतहटमा भारतीय सुरक्षाकर्मीले रक्सी खाएर नेपाली प्रहरी कुटे

 अनलाइनखबर पाटी     २७ बैशाख २०७६, शुक्रबार

रौतहटमा ३ जना भारतीय सुरक्षाकर्मी पक्राउ परेका छन् ।


गौर नगरपालिका १ को सूर्या बेम्बो होटलमा मदिरा खाएर होहल्ला गरिरहेका विहार मिलिटरी पुलिसका सुरक्षाकर्मीले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि पनि कुटपीट गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पृथ्वी पुन, खड्कसिंह भण्डारी र सुमन आले रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए ।

होटलमा मदिरा खाएर होहल्ला गरेका उनीहरुले होटलमा तोडफोड र कामदारलाई कुटपीट गरेपछि घटनाबारे बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको थियो । तर उनीहरुले प्रहरी र सशस्त्र प्रहरीमाथि कुटपीट गरेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । चार जनाको समूहमा रहेका उनीहरुमध्ये एक जना भने भाग्न सफल भएका छन् ।

विहारमा शनिबार हुने लोकसभा चुनावका कारण मदिरा सेवनमा कडाइ गरेकाले उनीहरु नेपाल प्रवेश गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट