दोलखामा कम्युनिष्ट गढ भत्किदै कांग्रेस निकट उद्योगी व्यवसायीको निर्बाचनमा श्रेष्ठ समुह बहुमतले विजयी

 अनलाइनखबर पाटी     २९ बैशाख २०७६, आईतवार


दोलखामा लामो समयदेखि आफ्नो किल्ला भन्दै आएको नेकपाले उद्योगी व्यवसायीको निर्बाचनमा नराम्रोसँग पराजय व्यहोरेको छ 


दोलखाबाट निर्बाचित प्रतिनिधि सभाका सांसद पार्बत गुरुङ , प्रदेश सांसद विशाल खड्का , नेकपा अध्यक्ष इश्वरचन्द्र पोख्रेल भिमेश्वर नगरका मेयर भरत केसीले व्यवसायीको निर्बाचनमा खुलेर भोट मागेपनि इन्द्र श्रेष्ठले फराकिलो मतान्तरले कम्युनिष्ट गढ भत्काएको छ । दोलखा उद्योग वाणिज्य संघको २२ औं साधारण सभा एवं नेतृत्व छनोटका लागि भएको निर्वाचनमा लोकतान्त्रीक समुहका इन्द्र बहादुर श्रेष्ठले प्रगतिशिल समुहका शुन्दर कार्कीलाई पराकिलो मतान्तरले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

शनिबार दोलखा सदरमुकाम चरिकोटस्थित सिमपानी सभाहलमा भएको निर्वाचनमा ४ सय ३ मत प्राप्त गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले प्रगतिशिल समुहका शुन्दर कार्कीलाई ३६ मतले पछि पार्दै अध्यक्ष निर्वाचित भएका हुन् । १६ सदस्सीय दोलखा उद्योग वाणिज्य संघको कार्य समिति सदस्यहरुमा लोकतान्त्रीक समुहका १० जना र प्रगतिशिल समुहका ६ जना निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले एक भब्य समारोहका बिच उद्घाटन गरेको अधिबेसनले अध्यक्ष सहित १५ सदस्सीय समिति निर्बाचित गरेको छ भने एसोसिएट तर्फका १ सदस्य सर्बसम्मत भएका थिए । विजयी हुने खुल्ला सदस्यहरुमा लोकतान्त्रीक समुहका तर्फबाट दिनेश थापा, हेमराज रिमाल, सनत थापा , देबकृष्ण थापा , गणेश विक्रम शाही र बिमल श्रेष्ठ विजयी भएका छन् । त्यस्तै लोकतान्त्रीक समुहबाट महिला सदस्यमा अनिता श्रेष्ठ , दलित सदस्यमा नबराज रिजाल र एसोसिएट सदस्यमा कृष्ण बहादुर श्रेष्ठ छन् ।
६ जना खुल्ला सदस्य मात्रै विजयी भएका प्रगतिशिल समुहबाट दिनेश बस्नेत , सुरेस उप्रती , श्याम कायस्थ , दिनेश पाठक , बलराम थापा र हिमाल न्यौपाने छन् । शनिबार सम्पन्न निर्बाचनमा ८ सय ५२ सदस्य मध्ये ८ सय ५ जनाले मतदान गरेका थिए ।

नमुना शाखा बनाउछौं नवनिर्बाचित अध्यक्ष श्रेष्ठ
दोलखा उद्योग वाणिज्य संघका नवनिर्बाचित अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले दोलखा शाखालाई देशकै नमुना शाखा बनाउने बताएका छन् । उनले विगतमा केही प्राविधिक समस्याले संघ सुस्ताएको भएपनि आफ्नो कार्यकालमा समग्र उद्योगी व्यवसायी र सर्बसाधरणको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भुकम्पले क्षेती गरेको संघको आफ्नै भवनलाई तत्काल रेट्रोफिटिङ् गरि कार्यालय सञ्चालन गरिने र समृद्ध दोलखा निर्माण गर्न जिल्लामा लगानीमैत्री वातावरण बनाउन आफु नेतृत्वको कार्यसमिति लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट