जनतालाई झुक्याएर मत लिने कम्यूनिष्टहरुको अब छिटै पतन हुने – बरिष्ठ नेता पौडेल

 अनलाइनखबर पाटी     २४ जेष्ठ २०७६, शुक्रबार

दोलखा २४ जेठ

शोभित उप्रेती – नेपाली कांगे्रसका बरिष्ठ नेता रामचन्द्र पौड्याले जनतालाई ढाँटेर मत लिने कम्यूनिष्टहरुको अब छिटै पतन हुने बताउनुभएको छ ।निर्वाचनको बेला जनतालाई लोभमा पारि जनपक्षय काम गर्छु भन्ने कम्यूनिष्टहरुले सरकार बनाएर पछि जनबिरोधि काम गरेकोले छिटै पतन हुने पौडयालले जिकिर गर्नु भयो ।


पूर्विय पहाडी जिल्ला दोलखाको चरिकोटमा भीमेश्वर नगरपालिकाको आयोजनामा भएको राष्ट्रिय गाउँ जागरणको सभालाइ सम्बोधन गर्दै बरिष्ट नेता पौड्यालले कर्मशिल भएर जनताको सेवा लागे मात्र काँगे्रसले मेवा हात पार्ने बिश्वास दिलाउनु भयो । जनताको घर दैलोमा पुग्दा कम्यूनिष्ट जस्तो स्वार्गको सपना नदेखाउन आग्रह गदै पौड्याले भने “गर्न सक्ने कामको मात्र जनतालाई आश्वशन दिनुहोस ।”बरिष्ठ नेता पौड्यालले कांगे्रसको बिशाल सभालाई सम्बोधन गर्दै भन्नु भयो “जनताको लोकतान्त्रिक अधिकार लुटिएकोछ ,किसान माथि शोषण भएकोछ , संचारकर्मीहरुको आवाज सुक्न थालेकोछ,महिलाहरु दिनौ बलात्कारको शिकार भएकाछन ,शिक्षक बिद्यार्थीका अधिकार खोसिएको छ ,यो कम्युनिष्ट सरकारको अधिनायकबादको अनुपम कोशेली हो ।”


जनता माथि अपराध र कुण्ठा साँचेर अधि बढेको सरकारको आयु छोटो बनाउन नेपाली कांगे्रसले राष्ट्रिय गाउँ जागरण अभियान गरेको बताउदै नेता पौड्याले कम्यूनिष्ट सरकारको दिन गन्ती सुरु भएको चेतावानी दिनुभयो ।
सोही सभालाई सम्बोधन गदै पार्टी प्रवक्ता एवम नेपाली कांगे्रसका युवा नेता बिश्व प्रकास शर्माले सरकारले गरेका कुकृत्यहरु जनताको माझ ऐना बनाएर देखाउने पहिलो चरणको राष्ट्रिय गाउँ जागरण अभियान पूर्णरुपमा सफलता भएको बताउनुभयो । बर्तमान सरकारले जनहीतमा काम नगरेर अहिले सिंहदबार भित्र कुहीरोको काग हराए जस्तै त्यहीं रुमलिएको समेत प्रवक्ता शार्मको आरोप लगाउनु भयो ।


राणाको जहाँनिय शासन अन्त्य गर्ने कांगे्रसले अहिले मुलुकमा जहाँनिय शासन चलाउन थालेका कम्युनिष्टको शासन पनि अन्त्य गर्ने चेतावानी दिनु भयो ।जनताको रगत माथि होली खेल्ने कम्युनिष्टहरुलाई वार्ता प्रक्रियामा ल्याई जनताका लाई शान्तीको आवास दिलाउने कांगे्रसको इतिहास हेरी विप्लप समुहलाई हतियार उठाउन बाध्य नबनाई वार्ता बाट समस्याको समधान गर्न हिम्मत केपी सरकारले राख्नु पर्ने धारणा प्रवक्ता शर्माको थियो ।


देशका प्रधानमन्त्रिले कम बोल्ने धेरै काम गर्ने बानी बसाल्नु पर्नेमा प्रत्येक हप्ता कांगे्रसलाई गाली गर्दै दिनचर्या बितेको समेत उनले आरोप लगाउनु भयो ।सर्वसाधरण नागरिक ,प्रहरी ,सेना , निजामती कर्मचारी,शिक्षक ,विद्यार्थी, पत्रकार ,मानवअधिकारकर्मी र न्यायलयहरुको समेते बदनाम हुने गरि बर्तमान सरकारले निरंकुश अधिनायकवाद लाद्न खोजेकोले त्यसको प्रतिकारमा लाग्न सबै पक्षलाई शर्माले आग्रह गर्नुभयो ।
“प्रेस स्वतन्त्रताका लागी पत्रकारलाई कांगे्रसले मसि दिएको थियो ।द्धन्दको समयमा कम्युनिष्टका कारण पत्रकारका कलममा रगत भरियोे । अहिले कम्युनिष्ट सरकाले पत्रकारको कलमलाई तरबारको घेरा दिएको छ, । तातो पानी खनाएर स्वाभिमानी संचारकर्मीको खरको घर डढ्दैन । ढुक्क भएर बिकृती बिसंगतीका बिरुद्ध लाग्नुस, प्रेस स्वतन्त्रताको जिम्मेवारी कांगे्रसले लिने छ ।” सभालाई सम्बोधन गर्दै संचारकर्मीलाई शर्माले आश्वस्त बनाए ।

नेपाली कांगे्रस दोलखाका नेता ईश्वर नारायण मान्नधरको अध्यक्षतामा भएको राष्ट्रिय गाउँ जागरणको सभा दोलखा कांग्रेसकै इतिहासमा बिशाल सभा भएको छ । जिल्ला कार्यसमितीले गरेको सभामा अत्यन्तै न्यून सहभागी भएकोले मानन्धरको सक्रियतामा भएको राष्ट्रिय गाउँ जागरणको भीमेश्वर नगरसभाले दोलखा कांगे्रसको प्रतिष्ठा जोगाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट