बिद्यार्थी र शिक्षकलाई पढाउदै दोलखा प्रहरी

 अनलाइनखबर पाटी     ९ असार २०७६, सोमबार

शोभित उप्रेती | जिल्ला प्रहरी कार्यालय दोलखाले लागु औषध दुर्ब्यसनी नियंत्रंका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरि जिल्ला भर अभियान चलायको छ | भिमेश्वर नगरपालिका ६ स्तिथ अल्पाइन पब्लिक एकेडेमीका बिद्यार्थी र शिक्षक गरि ९८ जनालाइ लागु औषध दुर्ब्यसनी नियन्त्रण गर्न प्रशिक्षित गरायको छ |

जीला प्रहरी कार्यालयले सवाजानिक स्थलहरुमा पर्चा पम्प्लेट राखी जनचेतना जागृत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपि मान बहादुर राइले बताए | राइले भने  लागू औषध दुरुपयोग तथा ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवश २६ जुन २०१९ अन्तर्गत जिल्ला प्रहरी कार्यालयको दोलखाले साप्ताहिक रुपमा विभिन्न खाले जनचेतना कार्यक्रमहरु गर्दै आयको छ |

अबैध रुपमा तयार पारि बेच्न राखियाका मदिरा नियन्त्रण , गाँजा अफिम , लागु औषध दुर्ब्यसनी जस्ता नकारात्मक क्रियाकलापले समाजलाई दिर्गकालिन रुपमा ठुलो असर परिरहेकोले नियंत्रंका लागि नेपाल प्रहरीले यो कदाम अगाडी सारेको राइको भनाइ छ |

राइ आफै बिद्यार्थी र शिक्षकलाई दुर्ब्यसनी सम्बन्धि जनचेतना जागृत गर्न प्रशिक्षण दिन तल्लिन छन |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट