दोलखाको बैतेश्वर गाउपालिकाले अपाङ्गता भाएकालाई उत्साहित गर्दै ह्युलचियर वितरण

 अनलाइनखबर पाटी     १७ असार २०७६, मंगलवार
शोभित उप्रेती  |  दोलखाको बैतेश्वर गाउँपालिकाका ८ वटै वडामा अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचियर, बैशाखी, लगायतका सामग्रीहरु वितरण गरिएको छ ।
बैतेश्वर गाउँ कार्यपालिकाको तेस्रो गाउँ सभाबाट लक्षितवर्ग शीर्षकमा विनियोजित ५ लाख बराबरको रकमबाट बैतेश्वर गाउँपालिकामा गठन भएको अपाङ्गता समन्वय समितिको सहकार्यमा खरिद गरि विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई उक्त सहायक सामग्रीहरु वितरण गरिएको हो । यस कार्यक्रमलाई नेपाल स्पाईनल कर्ड ईन्जुरी खेलकुद संघ काठमाण्डौंका तर्फबाट ६ वटा नरमल ह्वीलचियर समेत निःशुल्क प्रदान गरिएको कुरा अपाङ्गता समन्वय समिति, बैतेश्वर गाउँपालिकाका अध्यक्ष रामकाजी मिजारले बताए ।
बैतेश्वर गाउँपालिकाका ८ वटै वडामा वडाअध्यक्ष, वडा सचिव, नेपाल स्पाईनल कर्ड ईन्जुरी खेलकुद संघ  काठमाण्डौंका सचिव सविन थापा, द्वन्द्वपिडित साझा चौतारी काठमाण्डौंका केन्द्रीय सदस्य कृष्ण बहादुर घिसिङ समेतको उपस्थितिमा सामग्री वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा २० थान ह्वीलचियर, १० सेट बैशाखी, ३ थान ह्याण्डक्याप, २ जोडी अल्बोस्टिक, ८ जोडी कम्फर्ट चियर, ३ जोडी ह्वाइटक्यान, २० वटा नर्मल वाकिङ्, ८ वटा हेयरिङ हेड लगायतका सामग्री वितरण भएको र यस कार्यबाट ८१ जना अपाङ्गता भएका व्यक्तिहरु लाभान्वित भएको कुरा समितिकी सचिव एशोदा शिवाकोटीले जानकारी दिएकी छिन् ।
तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट