विरामी बोक्ने सरकारी एम्बुलेन्सले गाँजा बोकेपछि – प्रहरी फन्दामा

 अनलाइनखबर पाटी     १२ माघ २०७६, आईतवार

काठमाडौं । विरामी बोक्ने एम्बुलेन्समा गाँजा तस्करी गरेपछि चालक प्रहरी फन्दामा परेका छन् । हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स र चालक नियन्त्रणमा परेका छन् ।

मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीका अनुसार बा २ झ १७४९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले गाँजा बरामद गरेको हो । सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको खुलेको छ।

पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका९ का मोहम्मद खलिद, डुमरिया ४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन्। उनीहरूले मकवानपुरकै कुनै ठाउँबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको पत्ता लागेको छ । एम्बुलेन्स रोकेर हेर्दा तीन वटा झोलाभित्र ६ पोकामा राखेको गाँजा फेला परेको थियो ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने व्यवस्था छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट