नेकपा, कांग्रेस र राप्रपाले तोके महाधिबेशन मिति – २०७७ महाधिबेशन वर्ष

 अनलाइनखबर पाटी     २० माघ २०७६, सोमबार

काठमाडौं । आगमी २०७७ साल तीन ठुला पार्टीका लागि महाधिबेश बर्ष हुने भएको छ । देशका शक्तिशाली पार्टीका नेताहरुले महाधिबेशनबाट आफ्नो शक्ति परीक्षण गर्ने भएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले २०७७ सालको चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिबेशन गर्ने निर्णय गरेको छ । १५ देखि १९ माघसम्म चलेको नेकपा केन्द्रीय समितिले आगमी बर्षको चैतमा महाधिबेशन गर्ने निर्णय गरेको छ । भदौदेखि मंसिरसम्म पार्टीका पालिका, नगर, जिल्ला र केन्द्रको अधिबेशन सक्ने तालिका बनाएको नेकपाले पार्टी सदस्यता नविकरणलाई अब तिव्रता दिने भएको छ ।

एमाले र माओवादी मिलेर बनेको नेकपाले महाधिबेशन सहमतिमा गर्छ या प्रतिस्पर्धामा ? नेतृत्व चयनको बिषयलाई लिएर नेकपाभित्र पहिलेदेखि चर्चा चलेपनि चुनावी मैदानमा आउने गरी कुनै नेताले मुख खोलेका छैनन् । पार्टी एकताका बेला आगमी महाधिबेशन सहमतिमा गर्ने निर्णय गरिएको थियो । तर सहमतिमा केन्द्रीय नेतृत्व चयन हुने सम्भावना भने निकै कम छ ।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि आगमी बर्ष महाधिबेशन गर्ने भएको छ । २०७७ सालको फागुनमा महाधिबेशन गर्ने निर्णय गरेको कांग्रेसले पनि मंसिरभित्र नगर, जिल्ला र प्रदेशको अधिबेशन सक्ने तयारी गरेको छ । क्रियासिल सदस्यता नविकरण गर्ने काममा कांग्रेसले पनि तयारी थालेको छ । कांग्रेसभित्र सभापति पदका लागि यो बर्ष धेरै महत्वाकाँक्षीहरु छन् । कोइराला परिवारका दुई भाई शेखर र शशांक कोइराला अध्यक्ष पदका दावेदार छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल स्वतः सभापतिका उम्मेद्धार छन् । त्यसैगरी पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सभामपतिको दावी गरिरहेका छन् ।

उता देउवा खेमामा भने सभापातिका आँकाक्षी अरु छैनन् । केवल देउवा मात्र सभातिका उम्मेदवार हुनेछन् । देउवा समुहमा अरुले सभापतिमा दावी गरिसकेका छैनन् । त्यसैगरी कांग्रेसभित्र तेस्रो धार बनाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिका उम्मेदवार हुन् । गगन थापालाई पुनः महासचिव उम्मेदवार बनाएर आफु सभापति बन्ने गरी सिटौलाले आफ्नो समुहलाई सक्रिय बनाउँदै गएका छन् ।

राष्ट्रिय दलको मान्यता नपाएपनि पछिल्लो समय जनतामा आफ्नो प्रभाव बढाउँदै गएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आगमी २०७७ सालमा पार्टीको महाधिबेशन गर्ने भएको छ । शनिवार सकिएको केन्द्रीय समितिको बैठकले महाधिबेशन गर्ने निर्णय गरेको छ । तर मिति भने तोकिसकेको छैन । राप्रपा संयुक्तसँगको एकता प्रक्रियालाई हेरेर राप्रपाले महाधिबेशनको मिति नतोकेको हो ।

देशका तीन ठुला पार्टीले एउटै बर्ष महाधिबेशनको मिति तोकेपछि २०७७ साल महाधिबेशन बर्ष हुने भएको छ । महाधिबेशनका लागि सवैभन्दा बढि सक्रिय कांग्रेस नेताहरु छन् । उनीहरुले एक बर्षअघि देखि नै महाधिबेशनको तयारी थालेका हुन् ।

नेकपा केन्द्रीय कमिटीले महाधिबेशनको मिति तोकेपछि नेकपाभित्र सैद्धान्तिक र नेतृत्व चयनका बिषयमा भिषण जुहारी चल्ने निश्चित छ । पूर्वएमालेहरु जनताको बहुदलिय जनबादका पक्षमा उभिने निश्चित छ भने पूर्वमाओवादीहरु जबजका विपक्षमा छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट