बुर्किना फासोमा मोटरसाइकलका बन्दुकधारीले अन्धाधुन्ध गोल चलाउँदा २० को मृत्यु

 अनलाइनखबर पाटी     २० माघ २०७६, सोमबार

अफ्रिकी देश बुर्किना फासोमा मोटरसाइकलमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० सर्वसाधारणको मृत्यु भएको छ।

शनिबार राति बानी नगरपालिकामा मोटरसाइकलमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको एएफपीले जनाएको छ।

एकहप्ता अगाडि मात्र बुर्किना फासोको सिलगड्जी शहरमा आतंकवादी आक्रमण हुँदा ३९ जनाको ज्यान गएको थियो।

साहेल क्षेत्रमा भएको आक्रमणपछि सरकारले त्यहाँ थप ६ सय फ्रान्सेली सेना खटाउने निर्णय गरेको छ। एजेन्सी

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट