सामूहिक यौनसम्पर्क पछि पैसा माग्दा अजिताको हत्या

 अनलाइनखबर पाटी     २१ माघ २०७६, मंगलवार

हेटौंडा । सामूहिक यौनसम्पर्कपछि पैसामा कुरा नमिलेका कारण तेस्रोलिंगी अजिता भुजेलको हत्या भएको खुलेको छ । उनको हत्यामा संलग्न पाँच जना अभियुक्तलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–४ का १८ वर्षीय हापु भन्ने सिमोन परियार, २४ वर्षीय घनटाउके भनिने सुशील थापा छन् । यस्तै, भुजेलको मोबाइल प्रयोग गरेका महिलासहित अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भुजेललाई हेटौँडा–११ स्थित थानाभ¥याङमा ना.६ख नम्बरको ट्रकमा राखी परियार, थापा र अन्य दुई जना मिलेर सामूहिक रुपमा यौन सम्पर्क राखेका थिए । त्यसबापत भुजेलले ७ हजार मागेपछि विवाद हुँदा गाडीमा प्रयोग हुने बिजुलीको तारले घाँटीमा कसेर मारेको अनुसन्धानबाट खुलेको छ । उनको शव त्यही गाडीमा राखेर ६ किलोमिटर पूर्व क्याम्पाडाँडास्थित कान्ति राजपथमा फालेको बयान अभियुक्तले दिएका छन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी मकवानपुरका प्रमुख सुशीलसिंह राठौरले बताए ।

यही माघ ४ गते हेटौँडा–५ स्थित क्याम्पाडाँडामा शव फेला परेको थियो । मृतकको शरीरमा नीलडाम देखिन्थ्यो भने घाँटीमा बिजुलीको तार बेरिएको र शरीर पूर्णरुपमा नग्न अवस्थामा थियो । केही बेरमै लैंगिक, अल्पसंख्यकको क्षेत्रमा क्रियाशील अधिकारकर्मी भुजेलको शव रहेको खुलेको थियो। भुजेल मकवानपुरबाट तेस्रोलिंगीका रूपमा नागरिकता लिने पहिलो व्यक्ति थिइन् ।

घटनापछि प्रहरीले धेरैलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । केहीलाई निगरानीमा राखेर अनुसन्धान गरिएको थियो । प्रहरीले घटनाको दिन तथा त्यसअघिका टेलिफोन विवरण, सीसीटीभीमा रेकर्ड भएका भिडियो क्लिप आदिको अध्ययन गरेर अनुसन्धानलाई सफल बनाउने प्रयास गरेको थियो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट